धनगढी १८ मा रिजालको इन्ट्रिसँगै वडावासीले पाउने भए निःशुल्क एम्बुलेन्स सेवा…

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ ले वडावासीका लागी निःशुल्क सेवा दिने निर्णय गरेको छ । नव निर्वाचित वडा  कमिटीको पहिलो बैठकले वडावासीका लागी निःशुल्क एम्बुलेन्स सेवा दिनेगरी आफ्नै एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको वडा अध्यक्ष भुवन रिजालले बताएका छन् ।

‘हामी जनताका सेवक हौँ’, उनले भने, ‘निर्वाचित भएपछि जनताको सेवा स्वरुप पहिलो निर्णय आफ्नै एम्बुलेन्स खरिद गरी निःशुल्क सेवा प्रवाह गर्ने गरेका छौँ ।’ अव जुनसुकै वर्गका नागरिकले पनि सहजै रुपमा आवश्यकताका आधारमा वडाको एम्बुलेन्स प्रयोग गर्न पाउने बताउँदै अध्यक्ष रिजालले यो समृद्धिको सुरुवात मात्रै भएको बताएका छन् ।

त्यस्तै रिजालले वडावासीको सहयोग र कमिटीको ऐक्यवद्धताका आधारमा आगामी पाँच वर्षमा आफ्नो वडालाई समृद्ध वडाका रुपमा स्थापित गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा sudur.arthasarokar@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal