‘यो वर्षको नीति तथा कार्यक्रम गठबन्धन सरकारको सामुहिक दस्तावेज हो’ -राना

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । सरकारले जारी गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथी नेकपा एमालेका सांसद नारदमुनि रानाले असन्तुष्टि व्यक्त गरेका छन् ।

नीति तथा कार्यक्रममाथीको छलफलमा भाग लिँदै सांसद रानाले यो वर्षको नीति तथा कार्यक्रम गठबन्धन सरकारको सामुहि दस्तावेज भएको आरोप लगाएका छन् । ‘यो नेपाल सरकारको नीति तथा कार्यक्रम नभएर खोक्रो दस्तावेज हो’, उनले भने, ‘समृद्धिका लागी भन्दै ल्याएको नीति तथा कार्यक्रम शब्दजालको पोकोे भएकैले समर्थन गर्न सकिदैन ।’

‘मैले यो ६५ पृष्ठ र १४५ बुँदा दोहोरिएर अध्ययन गरें तर युवाका क्षेत्रमा कुनै ठोस निर्णय भएको पाईन’, रानाले भने, ‘यो नेपाली जनताका लागी दुर्भाग्य हो ।’ त्यस्तै रानाले नेपाल सरकारले जारी गरेको नीति तथा कार्यक्रम नागरिक मैत्री नभएको भन्दै स्विकार गर्न नसकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal