कैलालीमा २४ प्रतिशतले मात्र लगाए बुस्टर डोज, सबै नागरिकलाई अनिवार्य खोप लगाउन आग्रह

टीकापुर । कैलालीमा स्थानीय तहमै विभिन्न समयमा कोरोना भाइरसविरुद्धको खोप लगाइँदै आइएको छ । खोपबाट कोही नछुटुन् भनेर कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा तथा दुवै मात्रा लगाएका तीन महिना पुगेकालाई बुस्टर डोज लगाइने गरिएको छ । विभिन्न भ्रम र अफवाहका कारण कैलालीमा अहिलेसम्म २४ प्रतिशतले मात्र बुस्टर डोज लगाएको तथ्याङ्क छ ।

कोरोना भाइरसविरुद्धको खोप लगाएकालाई ज्वरो आउने, सुई लगाएको ठाउँमा धेरै दुख्ने, आलस्यता लाग्नेजस्ता समस्या आउँछ भनेको सुनेर बुस्टर डोज लगाउन हिच्किचाइरहेको टीकापुरकी निर्मला चौधरीले बताए । “डोज लगाएकाहरूसँग कुरा गर्दा समस्या हुन्छ भन्न थाले, त्यसैले मैले त अहिलेसम्म लगाएको छैन, खोप लगाउने समय गुज्रिसकेको छ”, उनले भने, “गाह्रो हुन्छ भनेर बुस्टर डोज लगाइनँ ।”

कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा लगाएको तीन महिना पूरा भएका व्यक्तिले बुस्टर डोज लगाउने गर्छन् । सरकारले १२ वर्षमाथिका सबै नागरिकलाई खोप अनिवार्य लगाउन आग्रह गरेको छ । खोपबारे भ्रम र अफवाह फैलिँदा नलगाएको टीकापुरकी रिमा चौधरीले बताए । “पहिलो र दोस्रो मात्रा लगाएँ, बुस्टर डोज लगाएकी छैन”, उनी भन्छन् ।

कैलालीमा अहिलेसम्म ८१ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् भने २४ प्रतिशतले मात्र बुस्टर डोज लगाएका छन् । कैलाली भारतसँग सीमा जोडिएको क्षेत्र हो । यहाँ कोरोनाको जोखिम छ । बुस्टर डोज लगाउन अति आवश्यक रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख लालसिंह धामी बताउँछन् । “सामान्य ज्वरो आउँदा केही हुँदैन, कसैलाई आएको भन्ने गुनासो छ ।

एक–दुई दिनमा निको हुन्छ”, उनले भने, “खोप अनिवार्य लगाउनु पर्छ ।” कैलालीमा अहिलेसम्म एक लाख ७८ हजार ७०८ जनाको कोरोना परीक्षण गरिएको छ । यसमध्ये २४ हजार ५९४ जनामा सङ्क्रमण पुष्टि भएको छ । कैलालीमा ३५६ जनाको कोरोनाका कारण मृत्यु भएको तथ्याङ्क छ । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal