कैलालीको टीकापुर नगरपालिकाद्धारा नौवटा विषयगत समिति गठन

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले नौवटा विषयगत समिति गठन गरेको छ । नगर कार्यपालिकाको पहिलो बैठकले आगामी आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रम बनाउनुअघि आवश्यक समितिहरु गठन गरेको हो ।कार्यपालिका बैठककको निर्णय सार्वजनिक गर्दै नगरप्रमुख रामलाल डगौरा थारूले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गठन हुने योजनाहरुको निर्माण तथा गुणस्तर जाँच गरी खर्च भुक्तानी गर्न सिफारिस गर्न नगरउपप्रमुख खडकबहादुर शाहको संयोजकत्वमा योजना अनुगमन समिति गठन गरेको जानकारी दिए । सो समितिमा दीपकबहादुर निशानी र राजरानी चौधरी सदस्य रहेका छन् । उपप्रमुखकै संयोजकत्वमा राजश्व परामर्श समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन भएको छ ।

नगरप्रमुख थारूको संयोजकत्वमा स्रोतअनुमान समिति गठन भएको छ भने उद्योग, कृषि, पशु, सहकारी क्षेत्र हेर्ने आर्थिक विकास समितिको संयोजकमा यज्ञप्रसाद न्यौपाने, भौतिक पूर्वाधार योजनाको छनोट तथा अवस्था हेर्ने पूर्वाधार विकास समितिको संयोजकमा लौटन चौधरी, सुशासन तथा संस्थागत विकास समितिको संयोजकमा रामबहादुर नगार्जी, सामाजिक विकास समितिको संयोजकमा लालवीर चौधरी, वन वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा बलिराम चौधरी चयन भएका छन् । नगर कार्यपालिकाको प्रवक्ताको जिम्मेवारी वडा नं ६ का वडाध्यक्ष बलिराम चौधरीलाई दिइएको छ ।

नगरपालिकाको न्यायिक समिति, विधायन समिति भने नगरसभाले चयन गर्ने व्यवस्था रहेको छ । कार्यपालिका बैठकका निर्णय सार्वजनिक गर्दै नगरप्रमुख थारूले विषयगत समितिलाई सक्रिय बनाएर नगर विकासका लागि काम गर्ने बताए । “नागरिकका समस्या समाधान र नगर विकासका लागि विषयगत समिति सक्रिय बनाउने गरी काम गर्नेछौँ,” उनले भने, “समितिको सक्रियतामा ध्यान दिनेछौँ ।” नव निर्वाचित जनप्रतिनिधि चालु वर्षका बाँकी रहेका योजना कार्यान्वयन र आगामी वर्षका लागि नीति, बजेट तथा कार्यक्रम बनाउन छलफलमा जुटिसकेका छन् । पालिकामा नगरसभाको तयारीअन्तर्गत विभिन्न शाखासँग छलफल, योजना छनोटका लागि बस्ती तथा टोल भेला गर्ने तयारीका कार्यक्रम सुरु भएका छन् । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal