१० लाख लगानीमा खेलमैदान बन्दै, खेलकुदका गतिविधि अगाडि बढाउन सहज

बैतडी । बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसको जग्गामा खेलमैदान निर्माण कार्य सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको १० लाख लगानीमा एकसय मिटर लम्बाइ र ५० मिटर चौडाइको खेलमैदान निर्माण कार्य सुरु भएको हो ।

चालु आर्थिक वर्षमै सम्पन्न गर्ने गरेर खेल मैदान निर्माण कार्य सुरु भएको हो । बिग बी एन्ड कम्पनीले खेल मैदान निर्माणको जिम्मा पाएको हो । क्याम्पसको आफ्नै खेल मैदान नहुँदा खेलकुदका गतिविधि सञ्चालनमा समस्या भएका थिए । खेल मैदान निर्माण कार्य सुरु भएपछि अब खेलकुदका गतिविधि अगाडि बढाउन सहज हुने क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताए ।

खेल मैदान निर्माण कार्यको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी लख्खाभाइले शिलान्यास गरेका छन् । सो निर्माण कार्यको शिलान्यास गर्दै दशरथचन्द नगरपालिका प्रमुख जोशीले खेल मैदानको थप स्तरोन्नतिका लागि नगरपालिकाले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal