‘जितका लागि १ दिन बाँकी छ, निस्वार्थ व्यवसायीक समृद्धिमा लागी पर्छौं’ -उपाध्यक्षका उम्मेदवार लम्साल

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । जेठ २८ गते हुने उद्योग वाणिज्य संघको चुनावमा पुष्पराज कुँवर नेतृत्व प्यानलका तर्फबाट उपाध्यक्षका उम्मेदवार दिनेश लम्सालले आफुसहित सम्पुर्ण प्यानलको जितका लागी अब १ दिन बाँकी रहेको बताएका छन् ।

चुनावी दौडाहमा रहेका लम्सालले जिल्लाको व्यवसायीक सुरक्षा र समृद्धिका लागी उम्मेदवारी दिएको बताए । ‘मसँगै मेरो प्यानलको एउटै मात्र स्वार्थ भनेको व्यवसायीक सुरक्षा हो’, उनले भने, ‘हाम्रो टिम जितको नजिक पुगेको छ ।’ त्यस्तै सम्पुर्ण व्यापारीको जितलाई सुनिश्चित गर्नको लागी आफ्नो प्यानलको उम्मेदवारी रहेको बताउँदै लम्सालले उद्योग वाणिज्य संघ र संघका सदस्यहरुलाई केन्द्रबिन्दुमा राखेर व्यवसायीक समृद्धिको यात्रामा अघि बढेको बताएका छन् ।

नविन प्यालेट दाना उद्योग प्रा.ली का सञ्चालक समेत रहेको लम्सालले विगतका दिनमा गरेको कामको मुल्यांकन जेठ २८ गतेको चुनावमा व्यापारीहरुले गर्ने बताए । ‘मेरो इमान्दारिता, लगनशिलता र म प्रति व्यवसायीहरुको माया र विश्वास जितको आधार हो’, उनले भने, ‘हामीले देखेको सपना व्यवसायीको हित हो र व्यवसायीको हित विपरित कहिल्यै हुनेछैनौ ।’

उद्योग वाणिज्य संघको निर्वाचनपछि पनि सम्पुर्ण व्यवसायीलाई एकठाउँमा उभ्याएर व्यवसायीक सुरक्षा र समृद्धिका लागि काम गर्ने प्रण गर्दै लम्सालले आफुसहित सम्पुर्ण प्यानललाई विजयी गराउन समेत अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal