सेतीले सिटीस्क्यान सेवा सुरु गर्ने…

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । धनगढीको सेती प्रादेशिक अस्पतालले सिटीस्क्यान सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सो सेवाका लागि अस्पतालमा सिटीस्क्यान मेशिन ल्याइएको छ । अस्पतालले खरिद गरेको मेशिन शनिबार पुगेको अस्पताल प्रशासनले जनाएको छ। सिटीस्क्यान सेवा सञ्चालनमा आएपछी अस्पतालमा सेवा लिने सेवाग्रहीलाई सहजता हुने भएको छ ।

उक्त सेवा सुरु भएपछि बिरामीले महंगो शुल्क तिरेर निजी अस्पतालमा सिटीस्क्यान गर्नुपर्ने बाध्यताको अन्त्य हुने अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताए । अस्पताल प्रमुखका अनुसार बढीमा एक महिनापछि अस्पतालबाट सिटीस्क्यान सेवा प्रदान गर्न सकिने छ । मेशिन पुगेसँगै कम्पनीले जडान कार्य पनि थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal