२६ करोडको लगानीमा कञ्चनपुरमा निर्माण हुँदै फोहोरमैला व्यवस्थापन केन्द्र

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ ।

रु २६ करोड ७७ लाखको लागतमा उक्त केन्द्र निर्माण गर्न लागिएको हो । वन तथा वातावरण मन्त्रालयले उक्त केन्द्र निर्माणका लागि श्रीकृष्ण सामुदायिक वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिइसकेको छ ।

सामुदायिक वनको पाँच हेक्टर क्षेत्रमा उक्त केन्द्र निर्माण हुने क्षेत्रीय सहरी विकास आयोजनाका इञ्जिनीयर द्रोण कटुवालले बताउनुभयो । उहाँका अनुसार फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि गत वैशाख २३ गते क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइ र रमण केएसजेभी कैलालीबीच ठेक्का सम्झौता भएको थियो ।

नगर प्रमुख रणबहादुर महराले विगत लामो समयदेखि फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले निकै चर्चा पाए पनि निर्माण हुन नसकेको बताउनुभयो । यसैबीच, भीमदत्त नगरपालिकाले एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि विस्तृत अध्ययन गरी कार्यान्वयनका लागि विज्ञसहितको कार्यदल बनाउने भएको छ ।

नगरपालिकाको दोस्रो कार्यपालिका बैठकबाट कार्यदल बनाउने निर्णय गरिएको हो ।नगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत फोहरमैला व्यवस्थापन केन्द्र बनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal