वैकल्पिक सहायक राजमार्ग विकासका लागि ७४ करोड बजेट विनियोजन

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेटमा वैकल्पिक सहायक राजमार्ग विकासका लागि ७४ करोड ७० लाख बजेट विनियोजन गरिएको छ । बुधबार प्रदेश सरकारको बजेट वक्तव्य प्रस्तुत गर्दै आर्थिक मन्त्री प्रकाश बहादुर रावलले आगामी वर्षको बजेटमा वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम कार्यान्वयनका लागि उक्त बजेट विनियोजन गरिएको बताएका छन् ।

नेपाल सरकारको सशर्त अनुदानमा सञ्चालित उक्त कार्यक्रमलाई निरन्तरता दिँदै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा उक्त हुलाकी बाईपास सडकको विकासमा बजेट विनियोजन गरेको हो । त्यस्तै तराई मधेश सडक पुर्वाधार विशेष कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुर जिल्लाका हुलाकी सडकदेखी पुर्वपश्चिम राजमार्ग जोड्ने कुलुवापुर-बेलौरी, सुखड-भजनी, जोशिपुर-बौनिया लगाएतका सडक निर्माण गर्न ११ करोड ४५ लाख बजेट विनियोजन गरिएको आर्थिक मन्त्री रावलले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal