जोखिमपूर्ण भवनमा पठनपाठन, खेलमैदान नहुँदा विद्यार्थीलाई खेल्न समस्या

दार्चुला । दुहुँ गाउँपालिका–२ स्थित दह आधारभूत विद्यालयले एक वर्षदेखि जोखिमपूर्णरुपमा विद्यालयमा पठनपाठन गर्दैआएको छ । गत वर्ष भदौ दोस्रो साता गएको बाढीपहिराका कारण सो विद्यालय जोखिमपूर्ण अवस्थामा छ । पहिराले पर्खाल भत्काउनुका साथै विद्यालय परिसर आधा कटान गरेको छ ।

शिशु कक्षादेखि कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयको भवनमा समेत क्षति पुगेको छ । “विद्यालयमा खानेपानी र शौचालयसमेत छैन । शौचालय नहुँदा विद्यार्थी र शिक्षक खोलामा गएर शौच गर्नुपर्ने बाध्यता छ”, प्रधानाध्यापक जङ्गबहादुर बमले भने । भवनको वरपर पहिरो गएको छ । “अहिले जोखिमपूर्ण अवस्थामा पठनपाठन गर्दैछौँ”, बमले भने ।

विद्यालयमा हाल ७७ विद्यार्थी अध्ययनरत छन् । अघिल्लो शैक्षिकसत्रमा १२० भन्दा बढी विद्यार्थी अध्यनरत थिए । “बाढीपहिरोपछि नरुली र बत्थोली गाउँबाट विद्यार्थी आउन मानेका छैनन्”, प्रअ बमले भने । बाटोघाटो अभावका कारण पनि विद्यार्थी आउन मानेका छैनन् । खेलमैदान नहुँदा विद्यार्थीलाई खेल्न समस्या भएको छ । विद्यालयमा हाल तीन शिक्षक कार्यरत छन् । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal