कैलारी गाउँपालिकामा बजेटको आकार घट्यो, आगामी वर्षका लागि ५९ करोड २५ लाख बढीको बजेट प्रस्ताव

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५९ करोड २५ लाख २१ हजार बराबरको बजेट ल्याएको छ । गाउँसभाले चालू आर्थिक वर्ष २०७८/७९ का लागि गाउँपालिकाले ६३ करोड ५१ लाख ८५ हजार रुपियाँ बजेट ल्याएको थियो । तर यस वर्ष भने पालिकामा बजेटको आकार केही घटेको छ ।

सो गाउँपालिकाले सशर्तका कार्यक्रमतर्फ २५ करोड ८५ लाख, कार्यालय सञ्चालन प्रशासनिक (चालू) तर्फ १० करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । यसैगरी, समपूरक कोषतर्फ ६ करोड ५० लाख, क्रमागत तथा अधुरा योजनातर्फ ८० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal