ओहो ! कस्तो दशा- ‘इन्धन हालिदिन्छु भनेर गाडीमा चढे, लुटेर-कुटेर झाडीमा फालिदिए’

कञ्चनपुर । कंचनपुर जिल्ला बेदकोट नगरपालिका वडा नम्बर ३ सामादैजी बस्ने ३७ बर्षीय लोकेन्द्र भण्डारी लुटिएका छन् । महेन्द्रनगरबाट आएको अज्ञात समूहले इन्धन हालिदिने भन्दै लिफ्ट मागेको र बीच बाटोमा आएपछि आफुलाई लुटेको भण्डारीको भनाई छ ।

लुटेराको समूह पैसा, एटिएम लगायतका सबै सामान लुटेरा झाडीमा फालीदिई फरार भएको छ । सो समूहले उनलाई हात, खुट्टा, मुख बांधेर कुटपिट गरी, झाडीमा फालिदिएको थियो ।

‘भण्डारी लुटिएको पाइयो । उनलाई हात खुट्टा बाँधेर सबै पैसा लुटेरा गोदावरी नगरपालिका वडा नम्बर ४ राजमार्गबाट अन्दाजी ५०० मिटर तल झाडीमा फालिएको अवस्थामा देखिएको छ ।’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले अर्थ सरोकारसँग भने- ‘इन्धन हालिदिने भन्दै खानीडांडासम्मका लागि लिफ्ट मागेको र गोदावरीबाट १५ किलोमिटर माथि पहाडी रुटमा फोटो खिच्ने बाहनामा गाडि रोकि लुटपाट गरेको थाहा भएको छ। बाँकी अनुसन्धान हुँदैछ।’

उनका अनुसार पिडित भण्डारी डडेल्धुराको आलिताल गाउँपालिकाका कर्मचारी हुन् । पिडितको उद्दार गरी उपचारका लागि अत्तरिया पठाइएको प्रहरीको भनाई छ । थप विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal