चट्याङबाट एक महिलाको मृत्यु, दुई जना घाइते

कैलाली । कैलालीमा चट्याङमा परी आज एक महिलाको मृत्यु भएको छ । कैलारी गाउँपालिका–१ की ५६ वर्षीया सुगपंखीदेवी चौधरीको चट्याङबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । घर नजिकैको खेतमा रोपाइँ गर्ने बेला उनी चट्याङबाट घाइते भएकी थिइन् । उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा चौधरीको बाटोमै मृत्यु भएको प्रनाउ जोशीले बताए ।

त्यस्तै चट्याङबाट कैलारी–३ का ३२ वर्षीय धनिराम चौधरी र सोही गाउँपालिका–४ का ३४ वर्षीय कृष्ण चौधरी चट्याङ लागेर घाइते भएका छन् । आफ्नै खेतमा धानको बीउ निकाल्ने क्रममा चट्याङ पर्न गई दुवै जना घाइते भएका हुन् । दुवैजनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal