किसानलाई निःशुल्क ४० हजार फलफूल र बहुउपयोगी बिरुवा वितरण

डोटी । भू- तथा जलाधार व्यवस्थापन कार्यालय र डिभिजन वन कार्यालयले यहाँका किसानलाई निःशुल्क फलफूल र बहुउपयोगी अन्य बिरुवा वितरण गर्न थालेको छ । ती कार्यालयले जिल्लालाई फलफूलमा आत्मनिर्भर बनाउनका लागि किसानलाई बिरुवा वितरण गर्दै आएको हो । जलाधार व्यवस्थापन कार्यालयले आफ्नो नर्सरीमा उत्पादन गरेका र किसानको मागका आधारमा जिल्ला बाहिरबाट ल्याइएका विभिन्न प्रजाजिका ४० हजार बहुउपयोगी विरुवा वितरण गर्न लागेको छ ।

वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत पुष्पराज जोशीका अनुसार जिल्ला बाहिरबाट ल्याइएका तथा कार्यालयको नर्सरीमा उत्पादन गरिएका बिरुवा डोटीसहित यहाँका अन्य जिल्ला अछाम र बाजुरामा पनि वितरण गरिने भएको छ । निःशुल्क वितरण गर्न सुरु गरिएका बिरुवामा कागती, लिची, आँप, धुपी, बकाइनो, कल्की, किम्बू, कोइरालो, अम्बा, मेवा, मसला, भुजेत्रोलगायत फलफूल र घासेवालीहरु रहेका छन् ।

यसैगरी वन कार्यालयले पनि विभिन्न प्रजातिका बिरुवासँगै फलफूलका बिरुवा वितरण गर्न सुरु गरेको उक्त कार्यालयका सहायक वन अधिकृत लक्ष्मीराज जोशीले जानकारी दिए । उनका अनुसार यस पटक कार्यालयले सुन्तलाका छ हजार, कागतीका तीन हजार २००, भोगटेका तीन हजार, लिचीका ५००, अम्वाका दुई हजार र रुख कटरका एक हजार बिरुवा वितरण गर्ने भएको छ । उक्त कार्यालयले यहाँका नौवटै स्थानीय तहमा १५ हजार ७०० फलफूलका विरुवा वितरण गर्ने कार्ययोजना अनुसार ती बिरुवा बितरण गर्न सुरु गरेको हो । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal