विपन्न दलित महिलालाई बाख्रा वितरण, आय आर्जनमा टेवा पुर्याउने उद्देश्य

कञ्चनपुर । आर्थिक रूपमा विपन्न अवस्थामा रहेका दलित महिलाको आय आर्जनमा टेवा पुर्याउन शुक्लाफाँटा नगरपालिका वडा नं ९ ले आज निःशुल्क बाख्रा वितरण गरेको छ । वडामा बसोवास गर्ने २५ जना दलित महिलालाई बाख्रा वितरण गरिएको हो ।

वडा अध्यक्ष रमेशबहादुर ऐरका अनुसार आब २०७८/७९ मा विनियोजित रु. चार लाख खर्च गरेर बाख्रा वितरण गरिएको छ । “वडाका विपन्न अवस्थाका दलित परिवारलाई एक वटाका दरले बाख्रा वितरण गरेका छौँ”, उनले भने , “यसबाट दलित परिवारको आय आर्जनमा टेवा पुग्छ । वितरण गरिएका बाख्राबाट जन्मिएको पाठापाठी वडा कार्यालयले खरिद गर्नेछ ।

ती बाख्राका पाठापाठीहरू अर्का विपन्न परिवारलाई वितरण गर्छौँ ।” यो प्रकृया निरन्तर चलाईने उनले बताए । बाख्रा वितरण कार्यक्रमको सुभारम्भ गर्दै नगर प्रमुख रणबहादुर महराले बाख्रापालन निर्वाहमुखीभन्दा व्यावसायिक बन्नुपर्ने बताए । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal