डुवानको समस्यामा सक्रिय देखियो धनगढीको नवनेतृत्व, पानी निकासमा पहल गरेपछी स्थानियमा खुसियाली

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढी उपमहानगरपालिकाको नव नेतृत्व डुवानको समस्यामा सक्रिय देखिएको छ । बर्खायाम सुरु भएसँगै धनगढीमा देखिएको डुवान तथा ढल निकासको समस्या समाधान गर्न उपमहानगरपालिकाको नयाँ नेतृत्व सुरुवाति दिनदेखी नै सक्रिय देखिएको हो ।

विगत लामो समदेखी धनगढीमा अनधिकृत रुपमा भएका खोलानाला अतिक्रमण हटाउनका लागि उपमहानगरपालिकाले बलियो कदम चाल्यो । खोलानाला अतिक्रमण गरि निर्माण गरिएका भौतिक संरचना भत्काएर नाला सफाई प्रश्चात अधिकांश क्षेत्रमा बाढी तथा डुवानको जोखिम कम भएपछि स्थानिय खुसी भएका छन् । र पनि अव्यवस्थित बसोबास र ढल निकासका लागि दिर्घकालिन योजना नहुँदा डुवानको समस्या यथावत् नै देखियो तर बर्खायाममा भएको डुवानको समस्यामा आकस्मिक उद्धारका लागि नगरपालिकाको कमद भने निकै सक्रिय रहेको स्थानियको भनाई छ ।

केही दिन अघि धनगढी १४ डि गाउँमा वर्षाका कारण खेतियोग्य झण्डै ५ विघाह जमिन डुवानमा पर्यो । धान रोपेको हिलो सुक्न नपाउँदै भएको डुवानले खेती नष्ट गर्न लागेको भन्दै स्थानियमा चिन्ता थपियो । पानी निकासामा स्थानियबाटै अवरोध सृजना भएपछि आपसी कलहको अवस्था आएको स्थानिय ओम प्रसाद पंगालिले बताए । ‘आपसी समझदारी हुन नसकेपछि नजिकको वडा कार्यालयलाई समेत जानकारी गरायौँ तर पनि समस्याको सुनुवाई भएन’, उनले भने, ‘अन्नतः नगरपालिकाबाट मेयर, उपमेयर सहितको टोलीले अनुगमन गर्यो र निकासाका लागि आश्वासन दियो ।’

अनुगमनपछी नगरपालिकाले जेसिबी प्रयोग गरी पानी निकासाका लागि पहल गरेपछि राहत मिलेको स्थानिय हरि पंगालिले बताएका छन् । ‘वडा र नगरपालिकाको संयुक्त टोलिले किसानको खेती जोगाउनका लागि गरेको पहलले हामीलाई सहज वातावरण सृजना गरेको छ’, उनले भने, ‘नागरिकका समस्या समाधानका लागि नगरपालिकाको सक्रियाता प्रशंसनिय छ ।’

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal