बुढीगङ्गा नगरपालिकाको निर्वाचनका लागि खटाइए ९५ जना कर्मचारी

बाजुरा । बाजुराको बुढीगङ्गा नगरपालिकाको असार २३ गते हुने पुनः मतदानका लागि कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान नभएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेका थिए ।

जेठमा बसेको सर्वदलीय बैठकमा असार २३ गते गर्ने राजनीतिक दलको सहमतिपछि बुढीगङ्गामा पुन निर्वाचन हुन लागेको हो । पुनः निर्वाचनका लागि १९ जना मतदान अधिकृत र १९ जना सहायक मतदान अधिकृत र सहायक कर्मचारी गरी ९५ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताए ।

निर्वाचनका लागि खटाइएका १९ मतदान अधिकृतमध्ये एक जना महिला मतदान अधिकृत खटाइएको छ । जिल्ला अस्पताल बाजुरामा कार्यरत धनकला थापालाई बुढीगङ्गा नगरपालिका–१ धुरालसैन मतदान केन्द्र ‘क’ मा मतदान अधिकृतका रूपमा खटाइएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षणपछि उनलाई मतदान केन्द्रमा पठाइएको हो ।

बुढीगङ्गाका वडा नम्बर २, ३, ५ र ९ वडामा नेकपा ९एमाले०का नेता तथा कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाउँदै नेपाली कांग्रेसले पुनः मतदान गर्न माग गर्दै आएका थिए । एमालेले भने कुनै पनि वडामा बुथ कब्जा नभएको र स्वतन्त्ररूपमा मतदान भएको भन्दै पुनरावेदन र सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

पुनः निर्वाचन हुने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला सुरक्षा समिति बाजुराले जनाएको छ । १९ वटै मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटाइएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal