बाख्रापालक किसानलाई अनुदान, व्यवसायलाई आधुनिक तरिकाले सञ्चालन गर्ने उद्देश्य

कञ्नचनपुर । शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका व्यावसायिकरुपमा बाख्रापालनमा लागेका किसानलाई अनुदान रकम उपलब्ध गराइएको छ । बाख्रापालक किसानलाई खोर सुधार र घाँस काट्ने च्यापकटर मेसिन खरिदमा लाग्ने ५० प्रतिशत रकम अनुदानमा उपलब्ध गराइएको हो । मध्यवर्ती युवा बाख्रापालन समूहमा आबद्ध १२ किसानलाई खोर सुधारका लागि जनही रु. ४२ हजारका दरले र च्यापकटरका लागि ३४ किसानलाई रु. पाँच हजारका दरले अनुदान रकम उपलब्ध गराइएको नगरपालिकाको पशु विकास शाखाका भेटेरिनरी अधिकृत रामप्रसाद भट्टले बताए ।

“प्रधानमन्त्री आधुनिकीकरण परियोजना साना व्यवसाय कृषि उत्पादन केन्द्र बाख्रा पकेट कार्यक्रमअन्तर्गत उपलब्ध भएको अनुदानको रु. १४ लाख रकम किसानलाई खोर सुधार र च्यापकटर खरिदका लागि उपलब्ध गराएका छौँ”, उनले भने, “अनुदानमा उपलब्ध गराएको रकमजति नै किसानले रकम थपेका छन् ।” बाख्रापालन व्यवसायलाई आधुनिक तरिकाले गर्नका लागि अनुदान रकम उपलब्ध गराइएको उनको भनाइ छ । अनुदान रकमसँगै बाख्रापालनमा संलग्न ३४ किसानलाई दुईदिने तालिमसमेत दिइएको छ । नगरपालिकाको कार्यपालिका बैठकबाट स्थान छनोट गरी गत वर्ष बाख्रापालनमा संलग्न २४ जना किसानलाई अनुदानमा ९६ बाख्रा र एक उन्नत जातको बोका वितरण गरिएको थियो ।

त्यसका लागि प्रधानमन्त्री आधुनिकीकरण परियोजना साना व्यवसाय कृषि उत्पादन केन्द्र बाख्रा पकेट कार्यक्रमअन्तर्गत बाख्रा खरिदका लागि रु. १५ लाख रकम उपलब्ध गराइएको थियो । गत वर्ष नै बाख्रा वितरण गरिएका किसानलाई सघाउ पुर्याउन खोर सुधार र च्यापकरटमा अनुदान दिइएको अधिकृत भट्टले बताए । अनुदान रकम परिचालन गरिएका बाख्राको बीमासमेत गरिएको छ । नगरपालिकाको सिमलफाँटा गाउँ बाख्रापालनका लागि अग्रणी रहेको छ । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal