धनगढीमा सुरु भयो ‘विशेषज्ञ सेवा क्लिनिक’, उपचारका लागि गाउँ छोड्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास…

  • अर्थ सरोकार सम्बाददाता 

कैलाली । धनगढीमा सहज स्वास्थ्य पहुँचका लागि विशेषज्ञ वडा क्लिनिक सेवाको शुभारम्भ गरिएको छ । आइतबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सेवाको शुभारम्भ गरेका हुन ।

नागरिकको सहजता र सहज स्वास्थ्य पहुँचलाई ध्यानमा राख्दै सेवा सञ्चालन भएको मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् । ‘स्वास्थ्य क्षेत्रलाई मुख्य ध्यानमा राख्दै प्रदेश सरकारले पछिल्लो समय स्वास्थ्यमा लगानी पनि बढाएको छ’, मुख्यमन्त्री भट्टले भने, ‘अव गाउँगाउँमा विशेषज्ञ सेवा क्लिनिक पुगेपछि नागरिकलाई झनै सहज हुन्छ भन्नेमा विश्वास लिएका छौँ ।’

त्यस्तै धनगढीमा सुरु भएको विशेषज्ञ सेवा क्लिनिक प्रत्येक महिना तालिका अनुसार १९ वटै वडामा निशुल्क प्रदान गरिने नगरप्रमुख गोपाल हमालले बताएका छन् । उनले नगरप्रमुखका लागि भने उपलब्ध गराइएको गाडी उक्त सेवा सञ्चालनका लागि स्वास्थ्य शाखालाई प्रदान गरिसकेको बताए ।

त्यस्तै उपप्रमुख कन्दकला कुमारी रानाले पनि धनगढीका वडा वडामा विशेषज्ञ सेवा क्लिनिक संचालन हुनु नगरबासीका लागि खुसीको कुरा भएको बताएकी छिन् । कार्यक्रममा बोल्दै उपप्रमुख रानाले अव चिकित्सकीय सेवाका लागि गाउँ बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने बताएकी छिन् । ‘अव वडा वडामा प्रत्येक महिना विशेषज्ञ सेवा क्लिनिक संचालन हुन्छ’, उनले भनिन्, ‘उपमहानगरपालिका सदैब नगरबासीको स्वास्थ्य प्रति गम्भिर हुनेछ ।’ त्यस्तै आगामी दिनमा पनि स्वास्थ्यका क्षेत्रमा आवश्यकताका आधारमा बृहत योजना तर्जुमा गरी काम गर्ने समेत रानाले बताएकी छिन् ।

यस्तै धनगढी उपमहानगरपालिकालाई विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्न आवश्यक पर्ने दुई जना विशेषज्ञ डाक्टरको तलव र भत्ता भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले व्यहोर्ने सम्झौता यस अघि नै भएको छ । उपमहानगरपालिकालाई स्वास्थ्य क्लिनिक सञ्चालन गर्न आवश्यक उपकरण सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal