पञ्चेश्वर महादेवको मन्दिर क्षेत्रमा सेनाद्वारा वृक्षरोपण, हरियाली बनाउने उद्देश्य

डोटी । डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको पञ्चेश्वर महादेवको मन्दिर क्षेत्रमा नेपाली सेनाले साउने सोमबारको अवसरमा २०० प्रजातिका बहुउपयोगी बिरुवा रोपण गरेको छ । नं ५ बाहिनी अड्डाका बाहिनीपति तथा सहायक रथी मानबहादुर महराले कपुरकोे वृक्षरोपणको शुभारम्भ गरेका हुन् ।

उक्त गणको आयोजनामा शुभारम्भ भएको सो कार्यक्रम यही साउन ३० गतेसम्म जिल्लामा रहेका अन्य युनिटहरूले पनि सञ्चालन गर्ने बाहिनी अड्डाले जनाएको छ । डोटी जिल्लालाई विभिन्न प्रजातिका बहुउपयोगी बिरुवा रोपेर हरियाली बनाउने उद्देश्यका साथ सेनाले वृक्षरोपण अगाडि बढाएको बाहिनीपति तथा सहायकरथी महराले जानकारी दिए ।

मन्दिर क्षेत्रमा एभोकाडो, रुद्राक्ष, कपुर, कागती, अम्बा, कटहर, अमला, बेलपत्रलगायतका बिरुवा रोपण गरिएको दिपायल सिलगढी नगरपालिका–४ का स्थानीयवासी शङ्करबहादुर कठायतले जानकारी दिए । सार्वजनिक, सामुदायिक स्थान र सेनातर्फ ब्यारेक र तालिम केन्द्रमा पनि बहुउपयोगी बिरुवा रोपणको तयारी भइरहेको सर्वेश्वर गणका गणपति तथा प्रमुख सेनानी विश्वराज थापाले जानकारी दिए । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal