कैलालीका भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन

कैलाली । कैलालीका भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व सङ्कलनमा कमी आएको छ । दुईवटा भन्सार कार्यालय रहेको कैलालीमा आर्थिक वर्ष २०७८/०७९ मा ती कार्यालयलाई भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको हो ।

आव २०७८/०७९ मा विभागले रु. ११ अर्ब ८२ करोड राजस्व उठाउनुपर्ने लक्ष्य तोकेकामा तोकिएभन्दा कम रु. नौ अर्ब ५८ करोड मात्र राजस्व उठेको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी अम्बिका केसीले जानकारी दिए । “यस वर्ष लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । यस वर्ष सङ्कलन भएको राजस्व लक्ष्यको ८१ प्रतिशत मात्र हो”, उनले भने्, “यस वर्ष राजस्व लक्ष्यभन्दा कम उठेको छ ।”

अर्को खक्रौलास्थित सत्ती भन्सार कार्यालयबाट पनि लक्ष्यअनुसार राजस्व उठेको छैन । उक्त कार्यालयलाई गत आर्थिक वर्षमा रु. २० करोड ५८ लाख, ६१ हजार राजस्व उठाउन भनिएकामा रु. १० करोड, ६७ लाख, ९३ हजारमात्र राजस्व उठेको छ । यो लक्ष्यको ५२ प्रतिशत मात्र भएको भन्सार प्रमुख विमलकुमार शाहले जानकारी दिए ।

“फागुनदेखि चैतसम्म कोरोनाको असर, विदेशी मुद्रामा परेको दवावका कारण राष्ट्र बैंकले १० वटा वस्तु आयातमा लगाएको रोक लगाएको थियो । यी लगायत विविध कारणले भन्सारमा सामान नआउँदा लक्ष्यअनुसार राजस्व उठाउन सकिएन”, कैलाली भन्सार कार्यालयका सूचना अधिकारी केसीले भने, “धेरै सामान आयात भएमा धेरै राजस्व सङ्कलन हुन्थ्यो, आयात कम भएकाले राजस्वसमेत घटेको हो ।”

यी भन्सार कार्यालयबाट पेट्रोलियम पदार्थ, कपडा, मोटर पार्टस, हार्डवेयरका सामान, चामल, गहुँ, पापड भुजिया, दालमोठ, बिस्कुट, आलुजस्ता खाद्य वस्तुको आयात धेरै हुने गरेको छ, निर्यात भने न्यून मात्रामा हुने गरेको र त्यसबाट नगन्य मात्रामा मात्र राजस्व सङ्कलन हुने गरेको भन्सार कार्यालयले जनाएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal