कैलालीमा करेन्ट लागि घाइते भएका विद्युत कर्मचारीको उपचारार्थ आर्थिक सहयोग

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । कैलालीमा विद्युत लाइन मर्मत गर्ने क्रममा घाइते भएका केदारनाथ चौधरीलाई आर्थिक सहयोग गरिएको छ । करेन्ट लागेर घाइते भएका चौधरीलाई कैलारी उद्योग वाणिज्य संघ र हसुलिया बजार व्यवस्थापन समितिले उपचारका लागि बिहीबार आर्थिक सहयोग गरेको हो ।

गत असार ३० गते हावाहुरी सहितका वर्षा हुँदा कैलारी गाउँपालिकाको विद्युत् लाइनमा क्षति भएको थियो । सोही लाईन बनाउने क्रममा करेन्ट लागेर घाइते भएका चौधरीको काठमाडौँको कृर्तिपुर अस्पतालमा उपचार भईरहेको छ । कैलारी गाउँपालिका वडा नम्बर १ हसुलियाका केदारनाथ चौधरीको उपचारार्थ रु. ३३ हजार ४ सय ७१ आर्थिक संकलन गरी सहयोग गरेको उद्योग वाणिज्य संघ कैलारीका अध्यक्ष नेपालु चोधरीले बताएका छन् ।

चौधरीको उपचारका लागि हसुलिया बजारका सम्पुर्ण व्यापारी तथा स्थानीयबाट रकम संकलन गरेको कैलारी उद्योग वाणिज्य संघका अध्यक्ष नेपालु चौधरीले बताए । ‘घाइते चौधरी हाम्रो गाउँका स्थानीय हुन् । उनी लामो समयदेखी यस क्षेत्रको विद्युत् सेवामा कार्यरत छन्’, चौधरीले भने, ‘सामाजिक उत्तरदायीत्व कायम राख्दै मानवताका नाताले सहयोग गरेका हौँ । आवश्यक परे थप सहयोगका लागि पहल गर्छौं ।’ बिहीबार कैलारी उद्योग वाणिज्य संघ र हसुलिया बजार व्यवस्थापन समितिका प्रतिनिधीहरुको उपस्थितिमा घाइते चौधरीका बुवा कुकरु चौधरीलाई रकम हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal