जङ्गली जनावरद्धारा बालीनाली नोक्सान, सरकारले क्षतिपूर्ति नदिने गरेको किसानको गुनासो

डोटी । जिल्लामा जङ्गली जनावरले बालीनाली नोक्सानी गर्न थालेका छन् । दुम्सी, बाँदर, बँदेललगायतका जनावरले यहाँका गाउँघरमा किसानले लगाएका बाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् । मकै हुर्किने र घोगा लाग्ने बेलामा जङ्गली जनावरले खाएर तथा भाँचेर नष्ट गर्न थालेपछि किसानलाई समस्या भएको छ ।

जिल्लाका बोगटान फुड्सिल, जोरायल, बर्छैन, कपल्लेकी, रानागाउँ, कुलाउ, जमलकटिया, काफली, बुहारगाउँ, सलेना, गड्सेरा, कलेना, बाझ, कुडासैन, सायल, पूर्वीचौकी, मन्नाकापडीलगायतका स्थानमा जङ्गली जनावरले मकैबाली, कोदो, धान, भटमास, पिडालु, आलुलगायतका बाली तथा तरकारी नष्ट गरेपछि समस्या भएको मन्नाकापडीका प्रकाशबहादुर मन्नीले बताए । उनले भने, “राति आएर जङ्गली जनावरले खेती खाएर नष्ट गर्न थालेका छन्, मार्न पाइँदैन, हामीलाई निकै सास्ती भएको छ ।”

खप्तड राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरले प्रत्येक वर्ष बालीनाली खाएर नष्ट गर्ने गरेको भए पनि सरकारले क्षतिपूर्ति नदिने गरेको किसानको गुनासो छ । यतिमात्र नभई दिउँसोको समयमा बाँदरले मकैका घोगा खाने तथा बोट भाँचिदिने गरेका कारण किसानलाई झनै समस्या भएको केआइसिंह गाउँपालिकाका काफलीका स्थानीयवासी जहरसिंह खवासले जानकारी दिए । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal