दार्चुलामा उद्योगदर्ता बढ्दै, १० लाख १३ हजार ७१५ राजस्व सङ्कलन

दार्चुला । जिल्लामा उद्योग दर्ता गर्ने क्रम बढेको छ । विभिन्न क्षेत्रबाट अनुदान रकम आउन थालेपछि पछिल्लो समय उद्योग दर्ता गर्ने क्रम बढेको हो । जिल्लाभर उद्योगको सङ्ख्या दुई हजार ३५३ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा मात्रै ४९९ नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी गणेश गिरीले जानकारी दिए ।

आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा एक हजार ८५४ उद्योग दर्ता भएको थियो । यस्तै आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा १३९ वाणिज्य पसल दर्ता भएको थियो । गत वर्ष ११२ उद्योग नवीकरण भएका थिए । सात वटा उद्योगको पुँजी वृद्धि, तीन उद्योग ठाउँसारी, १५ उद्योग नामसारी र सात उद्योगका उद्देश्य थप गरिएको थियो ।

वाणिज्यतर्फ २८७ पसल नवीकरण, २५ संशोधन, १३ खारेजी, ३९ प्रतिलिपि, चार ठाउँसारी र एकको शाखा स्थापना भएको सूचना अधिकारी गिरीले बताए । उक्त कार्यालयले गत आर्थिक वर्षमा रु. १० लाख १३ हजार ७१५ राजस्व सङ्कलन गरेको थियो । कार्यालयको चालूतर्फ कूल रु. दुई करोड पाँच लाख बजेट रहेकामा रु. एक करोड ४६ लाख ३७ हजार ४१३ खर्च भएको थियो । यस्तै पुँजीगततर्फ कूल रु. ८१ लाख ४३ हजारमध्ये रु. ७१ लाख ३० हजार ४४२ खर्च भएको कार्यालयले जनाएको छ । -रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal