‘संविधान कार्यान्वयनमा ल्याउन तीनै तहबीच सहकार्य आवश्यक’ : मुख्यमन्त्री भट्ट

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानमा भएको अधिकारलाई कार्यान्वयनमा ल्याउनका लागि तीनै तहबीच सहकार्य आवश्यक भएको बताएका छन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले आज धनगढीमा आयोजना गरेको सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा अन्तरसम्बन्धका लागि व्यवस्था गरिएका संस्थागत संयन्त्रको क्रियाशीलताको अवस्थासम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले संविधानमा भएको अधिकारलाई कार्यान्वयनमा ल्याउनका लागि स्थानीय, प्रदेश र सङ्घले सहकार्य गरी अगाडि बढ्न सके मात्र संविधानलाई सफल पार्न सकिने बताए ।

मुख्यमन्त्री भट्टले स्थानीय, प्रदेश र सङ्घले विकास निर्माणसम्बन्धी कुनले के र कस्तो काम गर्ने भन्ने विषयसम्बन्धी मापदण्ड वा कार्ययोजना साझा रुपमा तयार गर्नु जरुरी रहेको धारणा व्यक्त गरे । “त्यो भयो भने त्यसमा टेकेर हामी सबैलाई काम गर्न सहज हुने थियो,” उनले भने, “जनताका अपेक्षा, हाम्रो काम गर्ने तौरतरिका र विधि प्रक्रियाहरु बीचको तालमेल नमिलेको कारणले सङ्घीयताका बारेमा बेलाबेलामा टीकाटिप्पणी उठिराखेको हुन्छ र यसबाट हामी सबैले एकरुपताका साथ अगाडि बढ्नुपर्ने जरुरी छ ।” –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal