‘चेक बाउन्स’ मुद्धामा धनगढीका वडाअध्यक्ष पक्राउ, अदालतमा मुद्दा दर्ता !

  • अर्थ सरोकार सुदुरपश्चिम ब्यूरो

कैलाली । कैलालीमा ‘चेक बाउन्स’ मुद्धामा प्रहरीले वडा अध्यक्षलाई अदालतमा उपस्थित गराएको छ । बुधबार प्रहरीमा आएको अदालतको पत्र अनुसार धनगढी उप–महानगरपालिकाका–१२ का वडाध्यक्ष शेरबहादुर महरालाई अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

‘अदालतमा परेको चेक अनादारको मुद्धामा शेर बहादुर महरालाई उपस्थित गराउन भनि हामीलाई जिल्ला अदालतबाट पत्र आएको थियो। सोही पत्रका आधारमा बुधबार महरालाई नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराएका हौँ’- जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक खगेन्द्र साउँदले अर्थ सरोकारलाई भने ।

अध्यक्ष महरा विरुद्ध कृष्ण कुमार रानाले जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal