साउन १५– रानाथारुको ‘तिज’ पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाभित्र सार्वजनिक बिदा !

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । रानाथारु समुदायका महिलाहरुले मनाउने सांस्कृतिक पर्व ‘तिज’को अवसरमा धनगढी उपमहानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको उपमहानगरपालिकाको कार्यकपालिकाको बैठकले रानाथारु समुदायलाई स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

हरेक वर्षको साउन १५ गते रानाथारु समुदायका महिलाहरुले परम्परागत रुपमा ‘तिज’ पर्व मनाउँदै आएका छन् । कैलाली–कञ्चनपुरमा मात्रै बसोबास गर्ने रानाथारु समुदायका महिलाहरुले मनाउँदै आएको ‘तिज’ पर्वको अवसरमा अहिलेसम्म कुनैपनि तहबाट सार्वजनिक बिदा दिने नगरेको नेपाल रानाथारु समाजको केन्द्रिय कार्य समिति कैलाली–कञ्चनपुरका उपाध्यक्ष कमल सिंह रानाले बताए । ‘रानाथारु समुदायका महिलाहरुले मात्रै मनाउने यो पर्वको संरक्षण सम्बद्र्धनका लागि अहिलेसम्म कसैको ध्यान गएको छैन’, उपाध्यक्ष रानाले भने, ‘अन्य समुदायको चाडपर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आएको अवस्थामा यो पर्व भने हालसम्म सरकारबाटै उपेक्षित हुँदै आएको थियो। तर यसवर्षदेखि धनगढी उपमहानगरपालिकाले गरेको सार्वजनिक बिदा दिने निर्णय स्वागतयोग्य छ ।’

पर्वको शुभकामना दिँदै धनगढी उपमहानगरपालिकाकी नगर उपप्रमुख कन्दकला कुमारी रानाले रानासमुदायको संरक्षण र सम्बद्र्धनमा स्थानीय तह गम्भिर रहेका बताएकी छिन् । धनगढी उपमहानगरपालिकाले आइतबार एक पत्र जारी गर्दै साउन १५ गते रानाथारु समुदायमा मनाईने ‘तिज’को अवसरमा पालिकभरी स्थानीय बिदा दिने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal