एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध, नागरिक अन्धकारमा बस्न बाध्य

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । एक हप्तासम्म पनि विद्युत् सेवा सञ्चालन नहुँदा यहाँका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको लापरबाहीका कारण समयमै विद्युत् सेवा सञ्चालन नभएको उपभोक्ताको गुनासो छ ।

विद्युत् अवरुद्ध भएको सात दिन बितिसक्दा पनि प्राधिकरणको ध्यान नगएकाले अन्धाकारमा बस्न बाध्य स्थानीय जनक सिंह ठगुन्ना बताए । विद्युत् नहुँदा मोबाइल चार्ज, मिल सञ्चालन गर्न सकिएको छैन । यता विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले भने विद्युत् सेवा सञ्चालन गर्न पहल भइरहेको जनाएको छ । चट्याङका कारण ट्रान्सफर्मरमा क्षति हुँदा विद्युत् सेवा नियमित गर्न ढिलाइ भएको केन्द्रका कार्यालय प्रमुख पवन भट्टले जानकारी दिए । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal