छ करोड ५३ लाखको लागतमा सडक स्तरोन्नति, छिट्टै निर्माण सम्पन्न गर्ने उद्धेश्य

वीगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१६ मा मधेस प्रदेश सरकारको लगानीमा सडक स्तरोन्नति सुरु भएको छ । प्रदेशको सरकारको कूल रु. छ करोड ५३ लाखको लागतमा लक्ष्मणवा, भिस्वा, नगवा, इनर्वासम्मको सडक स्तरोन्नति थालनी गरिएकोे हो ।

मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत वीरगञ्ज कार्यालयको रेखदेखमा आगामी २०८० साल पुस ८ गते सम्म यो सडकखण्डको निर्माण सम्पन्न हुने जनाइएको छ । उक्त सडक स्तरोन्नतिको काम शिवा कन्स्ट्रक्सन प्रा.लि, काठमाडौँले पाएको हो ।

वीरगञ्ज –१६ नगवादेखि साढे चार किलोमिटर लम्बाइको सडक निर्माणका लागि काम सुरु भएको छ । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत सडक निमार्णको योजना अघि बढाइएको हो ।

पालिकाबाटै अनलाइन फाराम

सेवाग्राहीको सहजताका लागि बारा जिल्लामा पनि सम्बन्धित पालिकास्तरबाटै राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम निःशुल्क रुपमा भर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । राष्ट्रिय परिचयपत्रलाई छिटोछरितो र व्यवस्थित बनाउनका लागि अनलाइन फाराम जिल्लाका सबै पालिकाबाट निःशुल्क रुपमा भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

सो सेवा लिन सेवाग्राही सम्बन्धित पालिकाबाट परिचयपत्रका लागि अनलाइन फाराम भरेर मात्र जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालय आउनुपर्ने छ । यसो गर्दा कार्यालयमा हुने अनावश्यक भीडमा कमी आउने जनताको समय र पैसा बचत हुने जनाइएको छ ।

परिचयपत्र बनाउन जिल्लाका विभिन्न क्षेत्रबाट जनताहरुले दिनभरिको समय खर्चिएर, आर्थिक खर्च पनि गरेर दुवै जिल्लाका प्रशासन कार्यालयसम्म आउनुपर्ने बाध्यता थियो । यस अगावै प्रशासनले पनि राष्ट्रिय परिचयपत्र र ई–पासपोर्ट आवेदनका लागि सेवाग्राहीले सम्बन्धित पालिकाबाटै अनलाइन फाराम निःशुल्क रुपमा भर्ने व्यवस्थापन मिलाइसकेको थियो ।

भोजपुरी पुस्तक विमोचन

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भोजपुरी भाषाका चर्चित लेखक दिनेश गुप्ताद्वारा लिखित ‘अब सुतल ठीक नइखे’ (गजल सङ्ग्रह) र ‘हिरोशिमा’ (हाइकू सङ्ग्रह) पुस्तकको शनिबार विमोचन गरे । सो अवसरमा उनले प्रदेश सरकार प्रदेशभित्र बोलिने सबै भाषाको विकास र प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको बताए ।

नेपाल भोजपुरी समाज वीरगञ्जद्वारा आयोजित सो कार्यक्रममा विमोचित पुस्तक तथा लेखक दिनेश गुप्ताको व्यक्ति माथि वरिष्ठ साहित्यकार एवं उद्योगपति गणेश लाठले प्रकाश पारेका थिए । ‘अब सुतल ठिक नइखे’ गजल सङ्ग्रहमा गुप्ताका ५१ गजलहरु सङ्ग्रहित छन् भने ‘हिरोशिमा’ हाइकू सङ्ग्रहमा दुई सय एकवटा हाइकू समावेश गरिएको हो । सङ्ग्रहमा राजीतिकदेखि समाजिक तथा शृङ्गार रसमा आधारित गजल तथा हाइकूहरु समावेश गरिएको लेखक गुप्ताले बताए । -रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal