भएन बजार अनुगमन, बढ्यो कालोबजारी

बैतडी । सुदूरपश्चिमको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएसँगै यहाँका मुख्य बजारमा किनमेलको भीड लाग्न थालेको छ । बजारका पसलको अनुगमन भने हुन सकेको छैन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नियमित रुपमा प्रत्येक महिना अनुगमन गर्ने भनिए पनि दुई महिनासम्म पनि यहाँ अनुगमन हुन नसकेको हो ।

बजारमा अनियमिता हुन नदिने गर्ने उद्देश्यले गरिने अनुगमन गत जेठ देखि हुनसकेको छैन् । चाडपर्व नजिकिएका बेलामासमेत बजार अनुगमन नहुँदा कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेको उपभोक्ताको गुनासो छ ।

कालोबजारी, मूल्यवृद्धि, अखाद्य वस्तु बिक्रीवितरण बढ्दो रुपमा रहेको भए पनि सम्बन्धित निकायले बजार अनुगमनका लागि चासो नदेखाएको गुनासो उपभोक्ताको छ । उपभोक्ताको खाद्य अधिकारलाई सुनिश्चित् गर्न र कालोबजारी रोक्न नियमित रुपमा बजार अनुगमन गर्नुपर्ने दोगडाकेदार ३ श्रीकोटका हेमराज गिरीले माग गरे ।

उनले भने,“बजार अनुगमन नहुँदा कालोबजारी बढ्यो । यसलाई नियन्त्रण गर्नुपर्छ । अनुगमनलाई औपचारिकताका लागि मात्रै नभइ प्रभावकारी रुपमा गर्नु जरुरी छ ।” जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले भने जिल्ला प्रशासन कार्यालयले भने केही दिनमै बजार अनुगमन सुरु गर्ने जानकारी दिए ।

उनले भने,“अब छिट्टै जिल्लाका सरोकारवाला सम्मेलित अनुगमन टोली बनाउछौँ, यसपछि जिल्लाका बजार अनुगमन हुन्छ ।” बजारमा म्याद गुज्रेका सामग्री बिक्री वितरण नहोउन्, कालोबजारी हुन नपाओस् र महँगी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमनको गरिन्छ । यसबाट व्यापारी र उपभोक्ता दुवै सचेत हुन्छन् ।

साथै उपभोक्तालाई आफ्नो अधिकारको बारेमा जागरुक गराउँदछ भने व्यवसायीलाई पनि मिति हेरेर सामान किन्न प्रेरित गर्ने गर्दछ । समय समयमा अनुगमन गर्दा व्यापार व्यवसायमा अनुशासन कायम हुनेसमेत विश्वास गरिन्छ । गत वर्ष बजार अनुगमनबाट ४६ हजार ६८७ बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको थियो ।

अनुगमनका क्रममा ३३ व्यवसायीमाथि कारबाही गरिएका थियो । उक्त कारबाहीबाट रु. दुई लाख ४५ हजार जरिवाना असूल भएको प्रशासनले जनाएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal