आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयक पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । सोमबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउदले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।

यो विधेयक पारित भएसँगै प्रदेश सञ्चित कोष र अन्य सरकारी कोषको सञ्चालन तथा व्यवस्थापन, लेखा परीक्षण, निकासा तथा खर्चलगायतका कामलाई व्यवस्थित गर्न बाटो खुलेको छ । यसअघि उक्त विधेयकमाथि भएको छलफलमा प्रदेशसभा सदस्य बलबहादुर सोडारी, पठानसिंह बोहरा र मालामती रानाथारूले भाग लिएका थिए ।

सोमबारको बैठकमा सुदूरपश्चिम सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि भएको सामान्य छलफलमा प्रदेशसभा सदस्य सुशीला बुढाथोकी, महेशदत्त जोशी, श्यामलाल रानाथारू र मालामती रानाथारूले भाग लिएका थिए । यसअघि भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलवीर चौधरीले उक्त विधेयकमाथि समान्य छलफल गरियोस् भनी पेस गरेको प्रस्तावलाई बैठकले स्वीकृत गरेको थियो । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal