टीभीएसद्धारा धनगढीमा ४० जना राइडरहरुको साथमा ‘एओजी’ राइड सम्पन्न

  • अर्थ सरोकार सुदूरपश्चिम ब्यरो

धनगढी । टीभीएसले धनगढी क्षेत्रका ग्राहक लक्षित ‘आपाचे ओनर ग्रुप’ (एओजी) राइड संस्करणको आयोजना गरेको छ । एओजी राइड धनगढीको बागेश्वरी अटोमोटिभ्सदेखि स्टेट ७ होटल गोदावरीमा पुगेर सम्पन्न भएको थियो । उक्त राइडमा ४० जना राइडरको सहभागिता रहेको थियो ।

एओजी राइडमा सहभागी राइडरहरुले धनगढी क्षेत्रमा एओजी राइड आयोजना भएकोमा खुशी व्यक्त गरे । राइडका क्रममा सडक सुरक्षा सम्बन्धी थप जानकारी पाएको सहभागीहरुले बताए ।

नेपालको चर्चित एवं पर्यटकीय स्थल धनगढीमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागतयोग्य भएको भन्दै उनीहरुले आगामी दिनमा पनि यसखालको कार्यक्रम आयोजना हुनेमा विश्वस्त रहेको बताएका थिए । टीभीएसले हालसम्म काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी र नारायणी च्यापटरमा एओजी राइड सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal