भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्न नापी कार्यको थालनी, खुसी हुँदै स्थानीयले भने -‘धन्यवाद हमाल ज्यु’

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । धनगढी उपमहानगरपालिकाले भूमिहीन सुकुम्बासी नगारिकलाई लालपुर्जा वितरण गर्ने भएको छ । लामो समयदेखि भूमिहीन तथा सुकुम्बासी जिवन बिताइरहेको धनगढीका नागरिकलाई लालपुर्जा वितरण गर्नका लागि नगरपालिकाले नापी कार्यको थालनी गरेको छ ।

राष्ट्रिय भूमि आयोग र उप-महानगरपालिकाको सहकार्यमा लालपुर्जा वितरण गर्नका लागि तयारी थालिएको छ । बिहीबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नापी कार्यको शुभारम्भ गरेका छन् । उद्घाटनसँगै वडा नं. १४ स्याउलेबाट नापी कार्यको सुरुवात भएको हो । नापी कार्यको उद्घाटन गर्दै मेयर हमालले भूमिहीन भएर दैनिकी गुजारिरहेका नागरिकले छिट्टै लालपुर्जा पाउने बताएका छन् । ‘आजबाट नापी कार्यको सुरुवात भएको छ । अवस्था र आवश्यकताका आधारमा परिवारको पहिचान गरी नगरपालिकाले लालपुर्जा वितरण गर्छ ।’ मेयर हमालले भने -‘लामो समदेखि चर्किएको भूमिहिन तथा सुकुम्बासीको आन्दोलनलाई यसैपाली नगरपालिकाले सम्बोधन गर्छ । छिट्टै भूमिहीन तथा सुकुम्बासी नागरिक जग्गाको मालिक बन्न पाउनेछन् ।’

यसभन्दा अघि धनगढी उपमहानगरपालिकाले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा दिने अभियान अन्तर्गत वडा नम्बर ३ बाट नापी कार्यको थालनी गरेको थियो । त्यस्तै बिहीबार नै मेयर हमालले वडा नम्बर २ मा पनि नापी कार्यको शुभारम्भ गरेका छन् । योसँगै अब लालपुर्जा पाउने भएपछि भूमिहीन तथा सुकुम्बासी नागरिक पनि खुसि भएका छन् । ‘अब जग्गाको मालिक बन्ने सपना पुरा हुनेभयो’, वडा नम्बर १४ का एक स्थानीयले भने, ‘हमाल ज्युले हाम्रो समस्यालाई बुझेर नापी कार्य सुरु गर्नुभएको छ । उहाँलाई धेरै–धेरै धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal