आदर्श सहकारीको प्रथम साधारण सभा सम्पन्न, यस्ता छन् आगामी वर्षको विशेष योजना…

  • अर्थ सरोकार सुदूरपश्चि ब्युरो

धनगढी । आदर्श बहुउद्धेश्यीय सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ । सोमबार संस्थाको धनगढी उपमहानगरपालिका १८ आदर्श चोकमा रहेको आफ्नै भवनमा प्रथम स्थापना दिवश सम्पन्न गरिएको हो ।

कार्यक्रमको उद्घाटन नेपाल बचत तथा ऋण सहकारी संघका संचालक माधाव प्रसाद जोशीले गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै उनले सहकारीलाई बधाई तथा सफलताको शुभकामना समेत व्यक्त गरे । ‘अहिले मुलुकको गरिबी निवारणमा सहकारीको भूमिका अतुलनीय छ । हामीले जे गरिरहेका छौँ, त्यो किसान र गरिब वर्गको उत्थानका लागि गरिरहेका छौँ ।’ जोशीले भने -‘ग्रामिण क्षेत्रमा सहकारीको भूमिका तारिफयोग्य छ । अझ फुलवारीमा यो सहकारीले किसान तथा नागरिकमा थप उर्जा समेत उत्पन्न गरेको छ । जहाँसम्म मलाई थाहा छ, यहाँ आदर्श सहकारी किसानको साथी जस्तै बनेको छ । अझै प्रगति गर्दै जानुस्, तपाईहरुलाई शुभकामना छ ।’

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालले आदर्श सहकारी वडा नम्बर १८ का किसानको सारथी बनेको बताएका छन् । ‘आदर्श सहकारीले छोटो समयमा गरेको यो प्रगति तारिफयोग्य छ’, उनले भने, ‘गरिबी निवारण र किसान लक्षित कार्यक्रम सम्पादनमा यो सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । आगामी दिनमा सहकार्य गर्दै वडा र कृषि क्षेत्रको विकासमा काम गर्नेछौँ ।’

त्यस्तै कार्यक्रममा सहकारी रजिष्ट्रार कार्यालयका अधिकृत बिनोदराज पन्त, राष्ट्रिय सहकारी बैंक धनगढी शाखा प्रमुख कृष्ण रावल, विभिन्न संघसंगठनका प्रतिनिधि र सेयर सदस्य लगायतको उपस्थिति रहेको सहकारीका व्यवस्थापक रुद्र खनालले जानकारी दिएका छन् ।

खनालका अनुसार प्रथम साधारण सभाबाट आगामी वर्षको बिउ उत्पादन योजना, गतवर्षको प्रगति प्रतिवेदन, आन्तरिक लेखा प्रतिवेदन र बाह्य लेखापरिक्षण प्रतिवेदन पारित गरिएको छ । त्यस्तै कार्यक्रममा बीउ उत्पादक कृषक सहित ३० जना उत्कृष्ट सेयर, बचत तथा कर्जा कारोबार गर्ने सदस्यहरुलाई कदर पत्रसहित सम्मान गरिएको सहकारीका व्यवस्थापक खनालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal