कञ्चनपुरमा क्याम्पस प्रमुखबाटै कानुनको ठाडो उल्लंघन, मर्यादा भुलेर हिँडे चुनावी प्रचारप्रसारमा

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । कञ्चनपुरको एक क्याम्पसका प्रमुख नै चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को कृष्णपुर नगरपालिका वडा नम्बर २ को बंकमा रहेको उदय सरस्वती क्याम्पसका प्रमुख जगदीश सेठी गठबन्धनको चुनावी प्रचार प्रसारमा व्यस्त रहेको स्थानीयले बताएका छन् ।

गठबन्धनका उम्मेदवारहरूको तीव्र प्रचारप्रसारमा लागेका सेठीले सामाजिक सञ्जालमा उम्मेदवारहरूको पक्षमा प्रसस्त लेखेका छन् भने राजनीतिक कार्यक्रम र घरदैलोमा गठबन्धनका उम्मेदवारका लागि मत माग्ने गरेको स्थानीयले बताएका छन् । क्याम्पस प्रमुख रहेका सेठी पार्टीको जिम्मेवारीमा पनि रहेको खुलेको छ। आफू लालझाडी गाउँ पालिकामा नेकपा माओवादी केन्द्रको इन्चार्ज रहेको सेठीले बताएका छन् ।

उनले गठबन्धनका उम्मेदवारको पक्षमा सामाजिक सञ्जाल फेसबुकमा लेख्ने र कार्यक्रममा सहभागी हुने स्वीकारेका छन् । अहिले क्याम्पस विदा रहेकाले प्रचारप्रसारमा लागेको क्याम्पस प्रमुख सेठीले बताएका स्विकारेका छन् । ‘म उदय सरस्वती क्याम्पसको प्रमुख हुँ र नेकपा माओवादी केन्द्र लालझाडी गाउँपालिकाको इन्चार्ज पनि हुँ,’ उनले भने, ‘अहिले क्याम्पस बिदा भएकाले प्रचारमा लागेको छु, कात्तिक १४ गतेबाट क्याम्पस खुल्छ त्यसपछि पार्टीबाट पनि राजीनामा दिन्छु र प्रचार पनि गर्दिन ।’

सामाजिक सञ्जाल फेसबुकमा क्याम्पस प्रमुख सेठीले चुनावी भेलामा कार्यकर्तालाई बोलाउने, कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रका गठबन्धनका प्रदेश र प्रतिनिधि सभा सदस्यका उम्मेदवारको पक्षमा भोट मागेको देखिन्छ ।

उनी निर्वाचन क्षेत्र नम्बर १ को गठबन्धनको मुल प्रचार प्रसार समिति सदस्य पनि रहेको खुलेको छ । तर सार्वजिनक पद धारण गरेको व्यक्तिले पार्टी कार्यकर्ता भएर चुनावी प्रचार गर्न नपाउने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal