धनगढी उपमहानगरपालिकाले एक सय २२ जना ज्येष्ठ नागरिकलाई तिर्थ यात्राका लागि मुक्तिनाथ पठायो

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढी उपमहानगरपालिकाले १२२ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्राका मुक्तिनाथ पठाएको छ । वार्षिक स्वीकृत कार्यक्रम अनुसार नगरका १९ वटै वडाबाट एक सय २२ जना ज्येष्ठ नागरिकलाई उपमहानगरपालिकाले मुस्ताङको मुक्तिनाथ पठाएको हो ।

बिहीबार नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला राना र वडाध्यक्षहरुले संयुक्त रुपमा बाजागाजा र टिकासहित बिदा गरेका हुन् । ज्येष्ठ नागरिकको सम्मानका लागि वार्षिक स्वीकृत कार्यक्रम अनुसार नै तिर्थयात्रामा पठाएको नगर प्रमुख गोपाल हमालले बताएका छन् ।

‘यो हाम्रो वार्षिक नीति तथा कार्यक्रममा स्वीकृत गरिएको योजना हो, सोही नीति अनुसार आज एक सय २२ जनालाई तिर्थयात्रामा पठाएका छौँ’, उनले भने, ‘आउने पुस्ताले ज्येष्ठ नागरिकलाई माया र सम्मान गर्नुपर्छ भन्ने धारणा पैदा होस् । यहाँका ज्येष्ठ नागरिकप्रती सम्मान गर्नलाई यो कार्यक्रम गरेका हौँ ।’

धार्मिक यात्रामा प्रत्येक वडाबाट कम्तीमा पाँच जनाका दरले ज्येष्ठ नागरिक छनोट गरिएको छ भने समाजमा विशिष्टकृत योगदान गरेका तर ज्येष्ठ नागरिकको परिभाषाभित्र पर्ने व्यक्तिहरुलाई पनि भ्रमणमा समेटिएको छ ।

भ्रमणको व्यवस्थापनको काम लक्ष्मीनारायण मन्दिरले गर्नेछ भने सहजीकरणका लागि उपमहानगरपालिकाको स्वास्थ्य शाखा र सामाजिक विकास शाखाका कर्मचारीलाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal