मजबुत बन्दै दिगो सामुदायिक तथा वातावरण संरक्षण बहुउद्देश्यीय सहकारी संस्था

कैलाली । दिगो सामुदायिक तथा वातावरण संरक्षण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड आर्थिक रुपमा मजबुत तथा सक्षम बन्दै गएको छ । संस्थाको १६ औं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार आर्थिक रुपमा मजबुत र सवल बन्दै गएको हो ।

आर्थिक वर्ष २०७८/७९ मा संस्थाको शेयर पुँजी एक करोड ५२ लाख २९ हजार एक सय रुपैयाँ रहेको छ भने तीन करोड २४ लाख ६५ हजार आठ सय ४० रुपैयाँ बचत रहेको छ । जुन अघिल्लो आर्थिक वर्ष भन्दा १२ लाख ७९ हजार ५ सय ९० रुपैयाँले वृद्धि भएको छ ।

संस्थाले आयआर्जन, बायो ग्याँस, युवा स्वरोजगारलगायतका क्षेत्रमा ऋण लगानी गर्दै आएको छ । जस अन्तर्गत संस्थाले अहिलेसम्म १ करोडा ८१ लख ५४ हजार १ सय २ रुपैयाँ ऋण लगानी गरेको छ । ३० जना शेयर सदस्यबाट २०६४ सालमा स्थापना भएको संस्थामा हाल २ हजार १ सय ३४ जना शेयर सदस्य रहेका छन् ।

साधारण सभा कार्यक्रममा उत्कृष्ट बचतकर्ता भिजन चौधरी र समियोग कठरिया, उत्कृष्ट नियमित बचतकर्ता थाना पाण्डे र धनादेवी सोव, बचत तथा ऋणकर्ता पुष्पा कठरिया र खडानन्द पौडेल र उत्कृष्ट बचत समूहमा बासुदेव मिश्रलाई सम्मान तथा नगद पुरस्कारले सम्मानित गरिएको थियो ।

संस्थाका अध्यक्ष पुष्कलबहादुर बमको अध्यक्षतामा शनिबार सम्पन्न भएको साधारण सभामा घोडाघोडी नगरपालिकाका प्रमुख खडकबहादुर रावत प्रमुख अतिथि रहेका थिए भने घोडाघोडी मञ्चका अध्यक्ष हेमबहादुर बम विशिष्ट अतिथि रहेका थिए । संस्थाको लेखा प्रतिवेदन संस्थाका कमलाकुमारी भण्डारीले प्रस्तुत गरेकी थिइन् भने प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष बमले प्रस्तुत गरेका थिए ।

आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्ययोजना संस्थाका लेखा समिति संयोजक नरबहादुर देउवाले प्रस्तुत गरेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष प्रेमराज सापकोटाले गरेका थिए भने कार्यक्रमको सञ्चालन इन्द्रबहादुर बमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal