नेपाल भारत सीमामा प्रथम व्यापारिक केन्द्रको भवन शिलन्यास

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । भारतको सिमावर्ती गाउँ बेलापर्सुवा गाउँमा प्रथम व्यापारिक केन्द्रको भवन शिलन्यास गरिएको छ । आइतबार एक कार्यक्रमकाबीच कैलारी उद्योग वाणिज्य संघका अध्यक्ष नेपालु चौधरीले भारतको लखिमपुर जिल्लामा पर्ने बेलापर्सुवा गाउँमा भवनको सिलन्यास गरेका हुन् ।

भवन शिलन्यास गर्दै अध्यक्ष चौधरीले व्यापारिक केन्द्रको भवन निर्माणसँगै भारत र नेपालबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् । ‘सदियौँदेखि यस क्षेत्रमा नेपाल र भारतबीच व्यापारिक तथा रोटीबेटीको सम्बन्ध रहेको छ’, उनले भने, ‘केही समयदेखि विविध कारणले आवतजावतमा समस्या पारेको भए पनि अव भने सम्बन्ध थप सहज हुनेछ ।’

तत्कालीन समयमा द्वन्द र कोरोना माहामारीका कारण यस क्षेत्रमा नेपाल भारतबीचको आवातजावत प्रभावित भएको थियो । तर, अवभने पुनः विगतको जस्तै सम्बन्ध स्थापित गर्ने उद्धेश्यका साथ व्यापारिक केन्द्रको भवन शिलन्यास गरिएको अध्इक्ष चौधरीको भनाई छ ।

योसँगै कैलारी गाउँपालिका ७ विपदपुर शिविर, भुईयाँफाँटा, हौसलपुर लगायतका गाउँ र भारतको लखिमपुर जिल्लाबीचको व्यापारिक सम्बन्ध थप बलियो हुने विश्वास गरिएको छ । शिलन्यास कार्यक्रममा कैलारी उद्योग वाणिज्य संघका पदाधिकारी र स्थानीयहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अवसरमा एकआपसमा खिचरा माघी मिलन तथा शुभकामना आदनप्रदान समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal