सहकारीकी कर्मचारीले किर्ते गरेर ग्राहकको पैसा चोरिन्, पत्ता लागेपछि निलम्बनमा, हाकिमले पनि गल्ती स्वीकारे !

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

काठमाडौं । हिमशिखर बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडमा संस्थाकै कर्मचारीले ग्राहकको रकम चोरी गरेको पाइएको छ । संस्थाकी कर्मचारी मञ्जु शाहीले धनगढीकी लक्ष्मी कुमारी जेठाराको खातामा रहेको ४५ हजार रुपैयाँ किर्ते गरेर चोरी गरेको पाइएको हो ।

भएको के हो ?
धनगढी निवासी लक्ष्मी कुमारी जेठारा २०७७ पुस २८ गते हिमशिखर बहुउद्धेश्यीय सहकारीसँग जोडिन पुगिन् । बैंकको भन्दा राम्रो ब्याज पाइने आशामा उनले सहकारीमा १० लाख रुपैयाँ जम्मा पनि गरिन् । त्यसयता उनले सोही वर्ष सहकारीमा ५ लाख रुपैयाँ पनि जम्मा गरिन् । तर, सहकारीमा जम्मा गरेको रकम केही महिना बचत गरेर निकाल्ने गरेको उनले बताइन् ।

‘सहकारीले बैंकको भन्दा धेरै ब्याज दिन्छ भनेरै मैले हिमशिखरमा रकम जम्मा गरेकी हुँ । समय-समयमा बचत गर्थें र केही समयपछि निकाल्ने पनि गर्थें । तर, पछिल्लो एक वर्षदेखि मैले सहकारीमा कुनै पनि कारोबार गरेको थिइन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भनिन्- ‘तर, बुधबार सहकारीमा जाँदा मेरो खातामा पैसा थिएन । खातामा पैसा नभएपछि स्टेटमेन्ट निकाल्न खोजेँ तर सहकारीले स्टेटमेन्ट नै दिन मानेन । पछि बल्लबल्ल स्टेटमेन्ट दियो, अनि थाहा भयो खाताबाट ४५ हजार रुपैयाँ निकालिएको रहेछ ।’

नजिकको सम्बन्ध भएकोले आफ्नो चेकबुक किर्ते गरेर सहकारीकी कर्मचारी मञ्जु शाहीले रकम निकालेको पीडितको आरोप छ । ‘सुरुमा त उनले तपाईको खातमा पैसा नै थिएन भनेर जित्न खाजिन्, तर स्टेटमेन्ट देखाएपछि उनले गल्ती गरेको बताइन् ।’ पीडित जेठाराले भनिन्, ‘यतिसम्म कि उनले पहिला कसैले सोध्यो भने पैसा मैले आफैँ निकाले हो भन्न लगाएकी थिन् । पछि सबै कुरा बाहिर आएपछि किर्ते गरेर निकालेको पैसा फेरी खातामै हालिदिएकी छिन् ।’

सहकारी भन्छ- ‘गल्ती भएकै हो, कर्मचारीलाई निलम्बन गरिसक्यौँ’
यता हिमशिखर सहकारीका प्रबन्ध निर्देशक महेन्द्र शाहीले सहकारीका कर्मचारीबाट बदमासी भएको स्वीकार गरेका छन् । सहकारीबाट किर्ते गरेर ग्राहकको रकम चोरी गरेको थाहा पाएपछि कर्मचारीलाई निलम्बन गरेको शाहीले बताए । ‘कर्मचारीले बदमासी गरेको थाहा पाउने बित्तिकै सञ्चालक समितिको बैठक बसेरै ती कर्मचारीलाई निलम्बन गरेका छौँ । पीडित सदस्यले दिएको उजुरीका आधारमा ३ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धानसमेत अगाडि बढाईसकेका छौँ ।’ उनले भने( ‘संस्थाकै कर्मचारीले यस्तो हर्कत गर्नु दुःखको कुरा हो । हामीले थप छानबिन अघि बढाइसकेका छौँ ।’

त्यस्तै, प्रबन्ध निर्देशक शाहीले उक्त प्रकरणमा कर्मचारीले ग्राहकको खाताबाट पैसा चोरेको स्वीकार गर्दै पुनः सोही खातामा डिपोजिट गरिसकेको बताएका छन् । ‘ग्राहकको रकम चोरी गरेको कुरा बाहिर आएपछि पुनः खातामा पैसा जम्मा भएको पाएका छौँ, त्यो पैसा संस्थाकै कर्मचारी मञ्जु शाहीले जम्मा गरेकी हुन् ।’-उनले भने ।

यसो त हिमशिखर सहकारीमा यसभन्दा अघि पनि यस्ता घटना घटिसकेको प्रबन्ध निर्देशक शहीले बताएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै शाहीले भने- ‘हाम्रो संस्था अनुशासनको दायरामा चलेको सहकारी हो । यसभन्दा अघि पनि हामीले अनुसाशानभन्दा बाहिर गएर काम गर्ने संस्थाका कर्मचारीलाई कार्वाही गरिसकेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal