बिओपी खोनपुरको कमाण्ड डिएसपी श्रेष्ठले सम्हाले

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । सशस्त्र प्रहरी बल नेपाल बिओपी खोनपुरको कमाण्ड सशस्त्र प्रहरी नायव उपरिक्षक साजेन्द्र प्रसाद श्रेष्ठले सम्हाल्ने भएका छन् । यसअघि इन्सपेक्टरको कमाण्डमा रहेको उक्त बिओपी अब भने डिएसपीको कमाण्डमा रहने भएको हो ।

पछिल्लो ८ महिनादेखि कैलालीको कैलारी गाउँपालिका ३ स्थित सशस्त्र प्रहरी बल खोनपुरको कमाण्ड सम्हालेका सशस्त्र प्रहरी निरिक्षक शुबास खत्रीको सरुवा भएसँगै बिओपी खोनपुरको कमाण्ड डिएसपी श्रेष्ठले सम्हाल्ने भएका हुन् ।

सोमबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी नायव उपरिक्षक श्रेष्ठलाई बिओपी खोनपुरमा स्वागत गरिएको हो । त्यस्तै, सोही कार्यक्रममा इन्सपेक्टर सुबास खत्रीको बिदाईसमते गरिएको थियो । बिओपी खोनपुरको कमाण्ड डिएसपी श्रेष्ठले सम्हालेसंगै खुला सिमानाका भएर हुने अवैध तस्करी, दशगाजा क्षेत्रमा हुने आपराधिक गतिविधि र लागुऔषको अवैध व्यापार  नियन्त्रण हुने विश्वास गरिएको छ ।

सशस्त्र प्रहरी बल, बिओपी खोनपुरको कमाण्ड डिएसपी श्रेष्ठले सम्हालेसँगै बिओपी छोटी पलिया, भुइयाफाटा र लठ्ठाघाट पनि उनकै निगरानीमा रहने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal