सरकारी अस्पतालमा चिकित्सक अभाव, समयमा सेवा प्रवाह नहुँदा सेवाग्राही मर्कामा

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । सेती प्रादेशिक अस्पतालमा डाक्टरको ढिलासुस्तीका कारण सेवाग्राही समस्यामा परेका छन् । सुदूरपश्चिमको रेफरल सेन्टरको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा चिकित्सकको ढिलासुस्तीका कारण मर्कामा परेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

अस्पतालमा बिहानैदेखि सिटी स्क्यान र एमआरआईका लागि सेवाग्राही लाईनमा बसेका छन् । तर, चिकित्सकको ढिलासुस्तीका लागि घण्टौंसम्म कुर्नुपरेको सेवाग्राहीको गुनासो छ । ‘सरकारी अस्पतालमै सिटिस्क्यान र एमआरआईको सेवा सुरु भएपछि उत्साहित थियौँ, तर डाक्टरले ढिला गर्दा मर्का परेको छ ।’, अस्पताल पुगेका एक सेवाग्राहीले अर्थ सरोकारसँग भने, ‘सुविधा भए पनि समयमा चेकजाँच नहुँदा मर्का परेको छ ।’

यता अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले भने अस्पतालको उक्त सेवा प्रवाहमा ढिलासुस्ती भएको स्वीकार गरेका छन् । अस्पतलमा दुईजना मात्रै रेडियोलोजिस्ट भएकोले सेवा प्रवाहमा केही ढिलाई भएको उपाध्यायको भनाई रहेको छ ।

‘अहिले हामीसँग २ जनामात्रै रेडियोलोजिस्ट हुनुहुन्छ । उहाँहरुले अल्ट्रासाउन्डको पनि रिपोर्टिङ गर्नुपर्छ र सिटिस्क्यानको पनि रिपोर्टिङ गर्नुपर्छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘अस्पतालमा अल्ट्रासाउन्ड पनि उहाँहरु आफैले गर्नुहुन्छ । सिटिस्क्यान गर्ने कर्मचारी त छन् त उनीहरुले रिपोर्ट बनाउँदैनन् । अल्ट्रासाउन्ट सकिएपछि सिटिस्क्यानमा जानुपर्ने हुँदा सेवा प्रवाहमा ढिलाई भएको हो, अन्यथा केही होइन ।’

त्यस्तै, उनले सिटिस्यानका सेवा सुरु गरेपछि अस्पतालमा सेवाग्राहीको फ्लो बढे पनि चिकित्सक कम हुँदा समस्या देखिएको स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal