कैलालीबाट सात लाख बढीको अवैध सामान बरामद

  • भुमिदत्त तिवारी/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । कैलालीमा सशस्त्र प्रहरीले अवैध रुपमा नेपाल भित्र्याइँदै गरेका सात लाख बढीको अवैध सामान बरामद गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका १८ डिपो बजारक्षेत्रबाट खुला सिमानाका भएर ल्याइँदै गरको अवस्थामा सात लाख बढीको कपडा र पेट्रोल अटो नियन्त्रणमा लिइएको हो ।

आइतबार खुला सिमानाका भएर नेपाल ल्याइदै गर्दा सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गणले जानकारी दिएको हो । बिओपी फूलवारीका सशस्त्र प्रहरी निरिक्षक सुरेन्द्र भण्डारीको कमाण्डमा खटिएको टोलीले उक्त सामान नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी निरिक्षक भण्डारीको टोलीले दुई लाख २७ हजार ९०० रुपैयाँ बराबरको लताकपडा र पेट्रोल अटोसहित सात लाख २७ हजार ९०० रुपैयाँ मूल्य बराबरको सामान नियन्त्रणमा लिएको बिओपी फुलबारीले जनाएको छ । त्यस्तै, सामानसँगै एक जना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाइएको छ ।

नियन्त्रणमा लिएको सामान र व्यक्तिलाई आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय त्रिनगरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal