गर्मी बढेपछि डढेलोको जोखिम उच्च, कैलालीमा करिब ३५ हेक्टरमा फैलिएका डढेलो नियन्त्रण गरियो

काठमाडौं । गर्मीयाम सुरु भएसँगै डढेलोको जोखिम बढेको छ । विशेष गरी गर्मीयाममा तराईका जंगलहरुमा डढेलोको जोखिम उच्च हुनेगर्दछ । डढेलोका कारण जंगल मासिने र ठूलो मात्रामा क्षति हुने भएपछि कैलालीमा स्थानीय स्तरबाट पनि सतर्कता अपनाउन थालिएको छ ।

खासगरी तराईका भूभागमा रहेको जंगलहरुमा लाग्ने डढेलो नियन्त्रणमा प्रहरी, वन कार्यालय, स्थानीय तह र विभिन्न संघसंस्थाहरु सक्रिय बनेका छन् ।

यसैबीच कैलालीको कैलारी गाउँपालिकामा पर्ने बसन्ता करिडोर अन्तर्गतको जनसेवा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गरिएको छ । शनिबार करिब ३५ हेक्टरमा लागेको डढेलो सिएफसीसी, ईलाका प्रहरी कार्यालय, सव डिभिजन वन कार्यालय, सशस्त्र प्रहरी, पत्रकार र स्थानीयको सहयोगमा नियन्त्रण गरिएको हो ।

डढेलो नियन्त्रणमा भूमिका खेल्ने सबैलाई सिएफसीसी, हसुलियाले धन्यवाद दिएको छ । साथै डढेलोको मुख्य कारक मानवीय गतिविधि भएकोले यसतर्फ चनाखो हुनसमेत संस्थाले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal