महालक्ष्मी विकास बैंकद्धारा दिपायलमा वित्तीय साक्षरता कार्यक्रम

डोटी । डोटीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । बिहीबार दिपायल सिलगढी नगरपालिका –३ एयरपोर्टमा रहेको जनहित कृषक समूहका सदस्यहरूलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी दिइएको हो ।

‘जोडौँ एक नाता ,खोली महालक्ष्मी बैङ्कमा खाता’ भन्ने मूलनाराका साथ महालक्ष्मी विकास बैंक लिमिटेड पिपल्ला शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

ग्रामीण क्षेत्रका नागरिकलाई वित्तीय साक्षरताका बारे जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको महालक्ष्मी विकास बैंक शाखा दिपायलका प्रबन्धक भीम बहादुर रावतले बताए । उनले भने ,‘बैंकिङ प्रणाली, खर्च, बचत लगायतका विषयमा जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरेका हौँ । वित्तीय साक्षरता कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकलाई वित्तीय सीपका बारेमा जानकारी हुने आशा छ।’

हरेक बर्ग तथा समुदायका ग्राहकहरूलाई “मुस्कान सहितको सेवा” उपलब्ध गराउने प्रण सहित ग्राहकको सन्तुष्टि नै बैंकको सफलता हो भन्ने मूल उद्देश्यका साथ यस बैंक अगाडि बढिरेहको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal