वातावरण दिवसको अवसरमा कैलालीमा बृहत सरसफाई कार्यक्रम सम्पन्न (फोटो-कथा)

  • कुलराज चौधरी

कैलाली । कैलालीमा विश्व वातावरण दिवसको अवसरमा बृहत सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । जिल्लाको कैलारी गाउँपालिकाले वातावरण दिवसको अवसरमा हसुलिया बजारमा सरसफाई कार्यक्रम आयोजना गरेको हो ।

‘पृथ्वीको संरक्षणः दिगो प्रकृति मैत्री जीवनयापन’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रमअन्तर्गत गाउँपालिकाको मुख्य बजारका रुपमा रहेको हसुलिया बजारमा बृहत सरसफाई अभियान चलाएको गाउँपालिका अध्यक्ष रामसमझ चौधरीले बताएका छन् । ‘वातावरण सफा राख्नु भनेको मानव जीवन स्वस्थ रहनु हो ।’, उनले भने, ‘सोही यथार्थलाई आत्मसाथ गर्दै सरसफाई कार्यक्रम आयोजना गरेका हौँ । यो अभियान निरन्तर चलिरहन्छ ।’

गाउँपालिकाको आयोजनामा गरिएको उक्त सरसफाई कार्यक्रममा साहस नेपाल, दलित महिला अधिकार मञ्च नेपाल, सीसीएस, ओरेक नेपाल, हसुलिया बजार व्यवस्थापन समिति, कैलारी उद्योग वाणिज्य संघ, कालिका इङ्गलिस बोर्डिङ स्कूल लगायतको सहभागिता रहेको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal