वडा कार्यालयमा शौचालयको बिजोग, शौच गर्न घरघर पुग्छन् सेवाग्राही !

  • भुमिदत्त तिवारी/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा व्यवस्थित शौचालय नहुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । वडा कार्यालयको नयाँ भवनमा सुविधासम्पन्न शौचालय निर्माण भएको भए पनि उचित सरसफाई र व्यवस्थापन हुन नसक्दा सेवाग्राहीहरु समस्यामा परेका हुन् ।

यसो त वडा नम्बर १४ को नवनिर्मित भवनमा तीन वटा सुविधासम्पन्न शौचालय निर्माण गरिएका छन् । तर, उचित सरसफाई र रेखदेख नहुँदा लाखौँ खर्च गरेर निर्माण गरिएका शौचालय प्रयोगविहीन भएका छन् ।

हाल वडा कार्यालयमा सेवाग्राहीका लागि तीनवटा शौचालय प्रयोगमा छन् । तर, ती शौचालयका धारा पनि भाँच्चिएपछि सेवाग्राहीहरु शौच गर्नकै लागि घरघरै जानुपर्ने बाध्यता रहेको सेवाग्राहीहरुको गुनासो रहेको छ । यसो त शौचालय सफा मात्रै छैनन्, बरु सुविधासम्पन्न भनिएका शौचालय पनि गुट्का, पातपतिंगर तथा चाउचाउ र बिस्कुटका खोलले भरिएका छन् । जसले गर्दा शौचालय प्रयोग गर्नै नसकिने अवस्थामा पुगेको छ ।

यता उक्त विषयमा बुझ्न खोज्दा वडा नम्बर १४ का अध्यक्ष मान बहादुर विष्ट भने बोल्न मानेनन् । बरु ‘ठिकै त छ’ भन्दै पन्छिन खोजे । लाखौँको संरचना प्रयोगविहीन हुँदा र प्रयोगमा भएकैको पनि सरसफाई र व्यवस्थापन गर्न नसक्दा दैनिक वडा कार्यालय पुग्ने सेवाग्राहीहरु समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal