बाजुराका पाँच पालिकामा एमाले, बूढीगङ्गामा मतदान कि मतगणना

बाजुरा । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत आठ पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।जिल्लामा पाँच गाउँपालिका र चार नगरपालिकामध्ये तीवटा नगरपालिका र पाँचवटा गाउँपालिकाको मत परिणाम सार्वजनिकसँगै नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आफ्नो पदभार ग्रहण गरेका छन् । जिल्लाका नौ पालिका नेकपा (एमाले)ले दुई नगरपालिका र तीन गाउँपालिका गरी पाँच पालिका विजयी हासिल गरेको छ । उसले बडीमालिका र बूढीनन्दा नगरपालिका सहित जगन्नाथ , गौमुल र खप्तड छेडेदह गाउँपालिकामा विजय हासिल गरेको हो ।

कांग्रेसले त्रिवेणी नगरपालिका, हिमाली र स्वामीकार्तिक खापर गाउँपालिका जितेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले चार नगरपालिका र दुई गाउँपालिकासहित छ पालिका र जिल्ला समन्वय समन्वय समिति जितेका थिए भने एमालेले तीन गाउँपालिका जितेका थिए । हालको निर्वाचनमा कांग्रेसले तीन पालिकामा चित्त बुझाउनुपरेको छ । एमालेले पाँच पालिका जितेपछि जिल्ला समन्वय समितिमा पनि एमालेले विजय हुने भएको छ ।

बूढीगङ्गामा मतदान कि मतगणना

जिल्लाका आठ पालिकाको मत परिणाम आए पनि बूढीगङ्गा नगरपालिकाको मतदान गर्ने कि मतगणना गर्ने विषयमा भने विवाद छ । नगपालिकाका वडा नं २, ३, ५ र ९ वडामा कांग्रेसले पुनः मतदान गर्न माग राखेको छ । एमालेले वडा नं ४ र ७ मा पनि मतदान हुनुपर्ने अडान लिएको छ । एमाले भने नगरपालिकामा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएकाले मतगणना गर्न माग राख्दै आएको छ ।

नगरपालिकामा मतदान भएको एक साता बढी बितिसक्दासमेत आयोग अनिर्णित हुँदा मतदातामा निराशा छाएको छ । वैशाख ३१ गते मुख्य निर्वाचन अधिकृतलाई पालिकाका निर्वाचन अधिकृत कृष्ण सापकोटाले राजीनामा बुझाएका थिए । धाँधली भएका वडामा कांग्रेसले पुनः मतदान गर्न माग गरिरहेको र एमाले मतगणना गर्न माग राख्दै आएको जनाइएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal