‘परिवर्तन नदेख्नेलाई बेहडाबाबा नै काफि छन्’ -नारदमुनी राना

  • अर्थ सरोकार सुदूरपश्चि ब्युरो

कैलाली । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका उमेदवार नारदमुनी रानाले परिवर्तन नदेख्नेहरुका लागि बेहडाबाबा मन्दिर नै काफि रहेको बताएका छन् ।

आफ्नो पाँच वर्षको कार्यकालमा कैलाली क्षेत्र नम्बर ५ मा उल्लेखनीय काम भएको रानाको दाबी छ । ‘मलाई झुटो बोल्न आउदैन, बेहेडबाबा लगायत विद्यालयहरुका भवन बनाएका छौँं । बाटो बनायौँ, म भन्दा अघि जितेका हरुले के काम गरे ? र मेरो कार्यकालमा के काम भयो ? मुल्यांकन गर्नुहोस्’, उनले भने, ‘परिवर्तन भएन भन्नेहरुका लागि बेहडाबाबा मन्दिर काफी छन् ।’

आफू निर्वाचित भएको पहिलो बर्षमै नदि तटबन्ध गर्ने बताएका छन् । धनगढी उपमहानगरपालिका १६ स्थित जलघुसरा केराबारी टोलमा जनताहरुलाइ सम्बोधन गर्दै उनले यश बस्तिमा रहेको चौमाला नदिले गरेको कटान रोक्न तटबन्धका लागि पहिलो बर्षमै बजेट बिनियोजन गर्ने बताएका हुन् ।

नदि तटबन्ध गर्नका लागि बजेट पठाएपनी पूरा कामका लागि बजेट अपुग भएपछि सोही बजेटमा अन्यत्रै काम सम्पन्न भएको रानाले बताए । ‘भूमिहिनको समस्या समाधान गर्न मैले २०७४ सालको निर्वाचनमा भनेको थिएँ’, उनले भने, ‘एमालेको सरकार भएको बेला भूमी आयोग गठन गरेर जग्गा धनी पुर्जा दिने प्रक्रिया थाल्यो तर बिचमा हाम्रो सरकार ढालियो र भूमी आयोग नै विघटन गरियो ।’

अघिल्लो निर्वाचनको जितसँगै शिवनगरमा सामुदायिक भवन, एउटा चर्च भवन तथा विभिन्न क्षेत्रमा रणनितिक पूर्वाधार निर्माण गरेको बताउँदै रानाले केन्द्रीय सरकारबाट गर्नसक्ने र हुने कामका लागि आफुले कुनै कसर बाँकी नराखेको बताए । ‘विकास र परिवर्तन कसले चाहँदैन र ? सबैको इच्छा हुन्छ, आफुले चाहे अनुसारको समृद्धि होस् भन्ने’, उनले भने, ‘देशमा तीन तहको सरकार छ, सबैको आ–आफ्नै कार्यक्षेत्र छन् । संघ सरकारबाट हुने कामका लागि मैले कन्जुस्याई गरेको छैन ।’

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal