केजि अस्पतालमा ४ महिने शिशुको मृत्यु, अस्पतालले लापरवाही गरेको भन्दै आफन्त आन्दोलित

सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । केजि अस्पतालमा ४ महिने शिशुको मृत्यु भएपछि तनाब सृजना भएको छ । धनगढीमा रहेको केजि अस्पतालमा उपचारको क्रममा ४ महिने शिशुको मृत्यु भएपछि स्थानीय आन्दोलित बनेका छन् । डोटिको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ का विष्णु वि.क र मातादेवी वि.कको ४ महिने शिशुको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो । मृत्युप्रश्चात मृतक शिशुका आफन्तले चिकित्सकको लापरवाहीका कारण बच्चाको ज्यान भएको आरोप लगाएका छन् ।
उपचार नहुने बिरामी हामी रेफर गरिहाल्छौँ भन्दै ६ दिनसम्म उपचार गरे, मृतक शिशुका अंकल शंकर विकले भने, खुट्टाबाट औषधी चढाउछौँ भने अनुमति बिनै टाउकोमा घाउ बनाएको छ । उनले थपे, उपचार सम्भव नभए अन्यत्रै लैजान्छौँ भन्दा डाक्टरले बाहिर गर्ने उपचार पनि उहि हो यहाँ गर्ने उपचार पनि त्यहि हो भनेर आलटाल गरे । त्यस्तै उपचारमा संलग्न चिकित्सकले चरम लापरवाही गरेको मृतक शिशुका आफन्त मुन्ना विकले बताए ।
डोटीमा रहेको महाकाली मेडिकलले अक्सिजनको कमी भएको भन्दै धनगढी रेफर गरेको शिशुको यहाँ आएपछि मृत्यु भयो, उनले भने, आफन्तलाई झुठो आश्वासन दिएर यो अवस्था आयो । त्यस्तै आफन्तले अस्पतालमा भएको लापरवाहीप्रति छानबिन गरि दोषिलाई कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal