धनगढीमा दुई माहान् उद्योग कम्पनिको प्रदुषण, स्थानिय भन्छन्- ‘शक्तिको अगाडी समस्या ओझेलमा पर्यो…’

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीमा उद्योग कम्पनिको प्रदुषणका कारण स्थानिय समस्यामा परेका छन् । धनगढी उप–महानगरपालिका वडा नम्बर ४ र १३ को सिमानामा रहेका ठाकुर एग्रो उद्योग र गोदावरी फ्लोर मिलको प्रदुषणका कारण उद्योग वरपरका बासिन्दा समस्यामा परेका हुन् ।
वषौँदेखी सञ्चालनमा रहेका यी उद्योगहरुले वातावरण प्रदुषण गर्नुका साथै नागरिकको स्वास्थ्यमाथी नै खेलवाड गरेको स्थानियले गुनासो गरेका छन् । पटक पटक प्रदुषण नियन्त्रणका लागि ताकेता गर्दापनि आफुहरुको समस्या कसैले नसुनेको भगवती टोलका अध्यक्ष शेर बहादुर सिंहले बताए । उनले भने, ‘गर्मिको मौषम झ्यालढोका लगाएर बस्न सकिन्न, खोले धुँवा धुलोले हैरान बनाउँछ ।’
‘प्रदुषण नियन्त्रण गर्न अनुरोध गर्दा बस्ती भन्दा पुरानो हुँ भन्दै उल्टै मनोमानी गर्छन’, सुर्योदय टोलका अध्यक्ष चन्द्र बहादुर पालले भने, ‘नागरिकको स्वास्थ्यका लागि स्थानिय तह, प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय सबैतिर अनुरोध गयौँ तर ठोस पहल कतैबाट भएन ।’ त्यस्तै भगवती चेतनशिल आमा समुहकी अध्यक्ष मिना पनेरुले पनि ठाकुर एग्रो उद्योग तथा गोदावरी फ्लोर मिलको प्रदुषणले सास्ती भएको बताएकी छिन् ।
उद्योगकै मनपरिका कारण स्वास्थ्यमाथी खेलवाड भएको स्थानिय जगदिश विष्टले बताएका छन् । त्यस्तै अर्का स्थानिय इन्द्र बहादुर सिंहले उक्त विषयमा जनप्रतिनिधिकै उपस्थितिमा निर्णय गरेको तर त्यसको कार्यान्वयन नभएको बताए । उनले भने, ‘उद्योग अन्यत्रै सार्नु पर्दैन तर प्रदुषणको विकल्प सम्बन्धित उद्योग धनिले दिनुपर्छ ।’

 

२०७६ साल बैशाख १४ गते वडा नम्बर ४ का अध्यक्ष दिपक कुमार थापा क्षेत्री, १३ का अध्यक्ष विजय जोशी र नगरप्रवक्त सन्तोष मुडभरीको रहोबरमा प्रदुषण नियन्त्रण गर्ने निर्णय गरेको, २०७७ साल १० माघ २८ गते नगर प्रमुखले प्रदुषण नियन्त्रणका लागि पहल गर्ने औपचारीक घोषणा र २०७८ असार ६ गते जिल्ला प्रशासन कार्यालय कैलाली, घरेलु तथा साना उद्योग कार्यालयमा अनुरोध पत्रसमेत दिएको सिंहले बताएका छन् ।
यता धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष दिपक कुमार थापा क्षेत्रीले उक्त विषयमा पहिले नै स्थानियसँग समन्वय गरेको बताएका छन् । प्रदुषणका कारण स्थानिय बासिन्दालाई सास्ती भएको स्विकार गर्दै उनले निर्णय भएअनुरुप प्रदुषण नियन्त्रणमा सञ्चालनकले काम गरेको तर्क गरेका छन् । तर यथार्थमा उद्योगबाट निस्किने धुलोका कणहरु रोक्नका लागि त्रिपाल र देखावटी ट्रस्ट बाहेक उचित विकल्प निकालिएको छैन ।

त्यस्तै स्थानियहरुको हस्ताक्षरसहितको पत्र प्राप्त गरेको बताउँदै घरेलु तथा साना उद्योग कार्यालय धनगढीका उद्योग अधिकृत नवराज भट्टले सञ्चालकहरुलाई प्रदुषण नियन्त्रण गरि उद्योग सञ्चालन गर्न पत्राचार गरेको बताएका छन् । ‘वातावरणिय प्रभाव मुल्याङ्कन र मापदण्ड मिच्नेलाई कारवाही गर्ने गरी प्रदेशमा कानुन छैन’, उनले भने, ‘आफ्नो क्षेत्राधिकार भित्र पर्नेगरी पहल गर्न कटिबद्ध छु ।’
उद्योगहरुले वातावरणिय प्रभाव मुल्यांकन नै नगरी उद्योग सञ्चालन गर्दा प्रदुषण बढेको स्थानियको गुनासो रहेको छ । आर्थिक समृद्धीका लागि उद्योग कलकारखाना आवश्यक रहेको बताउँदै उनिहरुले केवल प्रदुषण न्युनिकरण गर्न माग गरेका छन् । यससँग सम्बन्धित भिडियो सामाग्रि केहि दिनमा प्रसारण हुनेछ । प्रतिक्षा गर्नुहोला…

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal